(Japan) 29 th January | 2020 | Wednesday | 5:12:47 AM || (Nepal) 1:57:47 AM
 
 

जापानी सम्राट नारुहितो र साम्राज्ञी मासाको बेलायत भ्रमणमा जाने

  POSTED ON : Wednesday, 15 January, 2020 | Views : 162

जापानी सम्राट नारुहितो र साम्राज्ञी मासाको बेलायत भ्रमणमा जाने


टोकियो, जापान ।

जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाकोले आगामी बसन्त ऋतुमा बेलायतको भ्रमण गर्नुहुने भएको छ ।

बेलायतको राजदरवार बकिंघम दरबारले आफुहरुले बेलायतको राजकिय भ्रमणको लागि गरेको निमन्त्रणालाई जापानी सम्राटले स्विकार गरेको जनाएको छ ।

बेलायती राजदरवारद्धारा जारी बक्तव्यमा जापानका नयाँ सम्राट र साम्राज्ञीले महारानी एलिजावेथको निमन्त्रणमा स्विकार गरिएको उल्लेख छ ।

सम्राटको रुपमा पहिलो बेलायत भ्रमण भएपनी यसअघिनै नारुहितो दम्पत्तीले बेलायती राजदरवारको भ्रमण गरिसकेका छन् ।

सन् १९९८ मा महासम्राट आकिहितोसँगै नारुहितो दम्पत्तीले बेलायती राजदरवारको आतिथ्यता ग्रहण गरिसकेको बताईएको छ ।

यसैबिच जापानका मुख्य क्याबिनेट सचिव योशिहिदे सुगाले यस बर्षको शाही परिवारको भ्रमणको तयारी थालिएको बताएका छन् ।

जापान सरकारले सम्राटको रुपमा नारुहितोले राज्यारोहण गरेपछि पहिलो बिदेश भ्रमण गर्न लागिएको जनाएपनि मिति बारे केही उल्लेख गरेको छैन ।