(Japan) 29 th January | 2020 | Wednesday | 5:20:58 AM || (Nepal) 2:05:58 AM
 
 

जापानी प्रधानमन्त्री आबेद्धारा अबुधाबीका युवराजसँग संयुक्त अरबमा भेटवार्ता

  POSTED ON : Wednesday, 15 January, 2020 | Views : 202

जापानी प्रधानमन्त्री आबेद्धारा अबुधाबीका युवराजसँग संयुक्त अरबमा भेटवार्ता


टोकियो, जापान ।

ईरान र अमेरिकाबिच जारी तनावका बिच पश्चिम एशियामा बढेको तनाव कम गर्ने उदेश्य सहित जापानी प्रधानमन्त्री आबे शिन्जोले अबुधाबीका युवराजसँग भेटवार्ता गरेका छन् ।

अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नहयानसँग साउदी अरबमा भएको भेटवार्तामा पश्चिम एशियामा बढिरहेको विवाद कम गर्न दुई नेता सहमत भएका छन् ।

पश्चिम एशियामा आफ्नो तिन देशको भ्रमणमा रहेका जापानी प्रधानमन्त्री आबे सोमबार साउदी अरबको भ्रमण पुरा गरेर संयुक्त अरब पुगेका थिए ।

संयुक्त अरब ईमिरेटको राजधानी अबुधाबिमा सोमबार युवराज नहयानसँग आबेले खाडी क्षेत्रमा बढेको तनाव कम गर्ने विषयमा वार्ता गरेको र दुवै नेताले जारी तनावमा चिन्ता व्यक्त गरेको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

तनाव कम गर्ने विषयमा आफुहरु संयुक्त अरब तथा साउदी अरबसँग मिलेर एकसाथ आफ्नो भूमिका निभाउन तयार रहेको आबेले भेटमा दुई देशका नेताहरुलाई बताएका छन् ।

जापानी प्रधानमन्त्री आबेले भेटमा जापानसँग सम्वन्धित ईन्धन आपुर्ती गर्ने पानी जहाँज सुरक्षित गर्ने हेतुले मात्र जापानले आत्मरक्षाबल खाडी क्षेत्रमा तैनाथ गरेको भन्दै युद्ध वा अन्य पक्षको सहभागीताको लागि नभएको भन्दै विश्वस्त तुल्याएका थिए ।