(Japan) 29 th January | 2020 | Wednesday | 5:13:07 AM || (Nepal) 1:58:07 AM
 
 

लिपुलेक, कालापानी, लिम्पियाधुरामा भारतीय अतिक्रमण बिरोधमा प्रदर्शन सहित राष्ट्रसंघ महासचिवलाई ज्ञापनपत्र बुझाईयो

  POSTED ON : Tuesday, 14 January, 2020 | Views : 218

लिपुलेक, कालापानी, लिम्पियाधुरामा भारतीय अतिक्रमण बिरोधमा प्रदर्शन सहित राष्ट्रसंघ महासचिवलाई ज्ञापनपत्र बुझाईयो


न्यूयोर्क, अमेरिका ।

पहिलो पटक संयुक्त राष्ट्रसंघ भवन अगाडी भारतीय हस्तक्षेपको बिरोधमा नेपालीहरुले प्रदर्शन गर्दै राष्ट्रसंघ महासचिवलाई ज्ञापन पत्र बुझाएका छन् ।

भारतले अतिक्रमण गर्न खोजेको नेपाली भूमि लिपुलेक, कालापानी एवं लिम्पियाधुराबारे जानकारी गराउँदै नेपालीहरुको एक समुहले संयुक्त राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

सिमाबिद्ध बुद्धिनारायण श्रेष्ठ सहित लोकप्रिय सञ्चारकर्मी प्रेम बानियाँ, गायिका सपना श्री, गायक रामप्रसाद खनाल लगायत दर्जनौं नेपालीको सहभागीतामा संयुक्त राष्ट्रसंघ भवन अगाडी बिरोध कार्यक्रम समेत भएको थियो ।

भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट नेपालीहरुको स्वस्फूर्त उपस्थिति रहेको थियो ।

राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

सिमाबिद्ध श्रेष्ठले नेपालसँग भारतले दाबी गरेको भूमि आफ्नो भएको पर्याप्त प्रमाण रहेको बताउँदै मिले वार्ताबाट नभए अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएर भनेपछि छिटो भूमि फिर्ता ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गायिका सपना श्री, रामप्रसाद ढकाल लगायतले गीत गाउनुभएको थियो । कार्यक्रमलाई जय स्वाभिमान टेलिभिजन कार्यक्रम मार्फत चर्चा कमाएका लोकप्रिय पत्रकार प्रेम बानियाँले सञ्चालन तथा समन्वय गर्नुभएको थियो ।