(Japan) 29 th January | 2020 | Wednesday | 5:11:28 AM || (Nepal) 1:56:28 AM
 
 

१७६ यात्रु मृत्यु बिमान दुर्घटना ईरानी रकेट हमलाबाट भूलवस भएकोमा ईरानद्धारा क्षमाचायना

  POSTED ON : Sunday, 12 January, 2020 | Views : 224

१७६ यात्रु मृत्यु बिमान दुर्घटना ईरानी रकेट हमलाबाट भूलवस भएकोमा ईरानद्धारा क्षमाचायना


एजेन्सी ।

ईरानी सेनाले मानविय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले १७६ यात्रु चढेको बिमान खस्न पुगेको बताउँदै क्षमायाचना मागेको छ ।

इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गर्दै त्यहाँका राष्ट्रपतीले अक्षम्य गल्ति भएको स्विकार गरेका हुन् ।

शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले 'मानवीय त्रुटिका कारण' विमान खसालिएको स्वीकारोक्ति गरेको हो ।

दुर्घटनामा विमानमा सवार विभिन्न ७ देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो ।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई ईरानले कारबाही गर्ने बताईएको छ ।

इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा 'मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको' निष्कर्ष निस्किएको एउटा ट्वीटरमा लेखेका छन्।

उक्त घटनालाई 'ठूलो विपत्ति र अक्षम्य गल्ती' भन्दै उनले कसले त्यसो गर्‍यो त्यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको जनाएका छन्।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।

तेहरानबाट किएभ हुँदै टोरन्टोका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमान ७५२ मा अधिकांश यात्रु इरान र क्यानडाका थिए। मृतकमध्ये १५ जना बालबालिका थिए।

इरानले दुर्घटनाको विस्तृत अनुसन्धान गरिने वचन दिएको छ।

इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमान विमानस्थल फर्किने प्रयासमा थियो ।

इरानका एक सैन्य नेता कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको थियो।

तर एक इरानी अधिकारीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै विमान दुर्घटनासम्बन्धी अनुसन्धानमा सहभागी हुन अमेरिकालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको शुक्रवार बताए ।

बोइङले आफूले एनटीएसबीको अनुसन्धानलाई सघाउने बताएको छ, र क्यानडाको यातायात सुरक्षा बोर्डले पनि आफूलाई तेहरानले दुर्घटनास्थलको अवलोकनका लागि बोलाएको जनाएको छ।