(Japan) 26 th February | 2020 | Wednesday | 3:27:11 PM || (Nepal) 12:12:11 PM
 
 

जापानमा पूर्व चिनियाँ विद्यार्थीलाई मृत्युदण्ड सजाय

  POSTED ON : Friday, 27 December, 2019 | Views : 6006

जापानमा पूर्व चिनियाँ विद्यार्थीलाई मृत्युदण्ड सजाय


टोकियो, जापान ।

जापानको फुकुओका शहरमा चारजना व्यक्तिको हत्या अभियोगमा मृत्युदण्ड सजाय सुनाईएका एक चिनियाँलाई मृत्युदण्ड दिईएको छ ।

सरकारी अधिकारीहरुले बिहिबार पूर्व चिनियाँ विद्यार्थी रहेका वेई वेई नाम गरेका ३९ बर्षिय चिनियाँ पुरुषलाई मृत्युदण्ड दिईएको बताएका छन् ।

सन् २००३ मा भएको हत्या र लुटपाटको घटनामा दोसी ठहर वेईलाई सन् २०११ मा जापानको अदालतले मृत्युदण्डको अन्तिम फैसला सुनाएको थियो ।

जापानका न्यायमन्त्री मासाको मोरीले पत्रकारहरुलाई वेईको मृत्युदण्ड सजायबारे बताउँदै अभियुक्त चिसो रगतको भएको र क्रुर घटनामा उनले ८ र ११ बर्षका दुई बच्चा सहित परिवारका चार सदस्यको विभत्सपूर्वक हत्या गरेको बताउनुभएको छ ।

मन्त्री मोरीका अनुसार मृत्युदण्डको सजाय सबै परिक्षणहरु गरेर अत्यन्तै ध्यानपूर्वक सबै प्रक्रिया पुरा गरेर दिईएको थियो ।

गत अक्टोबरमा आबे शिन्जो सरकारमा सहभागी मन्त्री मोरीको कार्यकालमा मृत्युदण्ड दिईएको यो पहिलो घटना हो ।

प्रधानमन्त्री शिन्जो आबेले सन् २०१२ मा पद पुर्नबहाली गरे यता भने यो ३९ औं व्यक्तिले पाएको मृत्युदण्डको सजाय भएको जापानी समाचार संस्था एनएचके अनलाईनले समाचार प्रकाशित गरेको छ ।