(Japan) 29 th March | 2024 | Friday | 3:00:36 PM || (Nepal) 11:45:36 AM
 
 


जापानी डाक्टर नाकामुराको अफगानिस्तानमा हत्या, सोमबार शव जापान ल्याईंदै

  POSTED ON : Saturday, 07 December, 2019 | Views : 1938

जापानी डाक्टर नाकामुराको अफगानिस्तानमा हत्या, सोमबार शव जापान ल्याईंदै


टोकियो, जापान ।

बन्दुकधारीहरुले गोली हानी हत्या गरेका जापानी डाक्टर तेत्सु नाकामुराको पार्थिव शरिर जापान ल्याईने भएको छ ।

गत बुधवार अफगानिस्तानमा हत्या गरिएका डाक्टर नाकामुराको शव जापान ल्याउन उनको परिवारजनका सदस्यहरु अफगानिस्तान पुगेका छन् ।

जापान आधार भएको एक गैर सरकारी संस्थाको अफगानिस्तान प्रमुखको रुपमा रहँदै नाकामुराले ग्रामिण क्षेत्रमा स्वास्थ्य उपचारमा सघाउँदै आएका थिए । नाकामुराको शव जापान ल्याउन तीन साथीहरु सहित पत्नी र छोरा काबुलको लागि उडेका छन् ।

डाक्टर नाकामुरा चढेको कार अफगानिस्तानको पूर्वी प्रान्त नंगरहारको जलालवाद तर्फ गईरहेको समयमा बन्दुकधारीहरुको निसानामा परेको थियो ।

निकै नजिकबाट बन्दुकधारीले स्वचालित हतियारबाट अन्धाधुन्ध गोली बर्षाउँदा कारको अघिल्लो भागमा चालकसँगै रहेका नाकामुराको घटनास्थलमानै निधन भएको थियो ।

नाकामुराको निधनमा अफगानी नागरिकहरुले शोक व्यक्त गर्दै समवेदना व्यक्त गरेका थिए ।

विश्वभरबाट दर्जनौं अन्तर्राष्ट्रिय संघसंस्थाहरुले निस्वार्थरुपमा सेवा पुर्याउँदै आएका जापानी डाक्टरको विभत्स हत्या भएकोमा शोक व्यक्त गर्दै आक्रमणमा संलग्नमाथी कडा कारवाही गर्न अफगानिस्तान सरकारसँग माग गरेका छन् ।