(JAPAN) 18 th November | 2019 | Monday | 6:28:32 PM
(Nepal) 18 th November | 2019 | Monday | 3:13:32 PM
 

जापानद्धारा अमेरिकी कदमप्रती खेद व्यक्त

  POSTED ON : Wednesday, 06 November, 2019 | Views : 47

जापानद्धारा अमेरिकी कदमप्रती खेद व्यक्त


टोकियो, जापान ।

जापान सरकारले पेरिस जलवायु सम्झौताबाट बाहिरिने अमेरिकी निर्णयमा खेद व्यक्त गरेको छ ।

जापान सरकारकाका मुख्य प्रवक्ता सुगा योशिहिदेले संयुक्त राष्ट्रसंघमा पेरिस जलवायु सम्झौताबाट बाहिरिने बारे अमेरिकाले गराएको जानकारीप्रती जापानले खेद व्यक्त गरेको जनाएका छन् ।

सुगाले मंगलबार पत्रकारहरुसँग कुरागर्दै अमेरिका विश्वको दोस्रो ठूलो ग्रीन हाउस ग्याँस उत्सर्जन गर्ने देश भएतापनि अत्याधुनिक औद्योगिक उत्पादन र सामानको प्रयोगबाट पर्यावरणमा असर पार्ने देशमा समेत सबैभन्दा अगाडी रहेको बताएका छन् ।