(JAPAN) 18 th November | 2019 | Monday | 6:07:37 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:52:37 PM
 

बेलायतमा मानवतस्करका क्रममा लरीमा मृत भेटिएका ३९ जना सबै भियतनामी

  POSTED ON : Sunday, 03 November, 2019 | Views : 130

बेलायतमा मानवतस्करका क्रममा लरीमा मृत भेटिएका ३९ जना सबै भियतनामी


एजेन्सी ।

बेलायतमा लरीमा भेटिएको ३९ वटा शव सबै भियतनामका नागरिकहरु भएको त्यहाँको प्रहरीले बताएको छ ।

बेलायतको एक्सिसमा एक लामो ट्रकभित्र ति शवहरु २३ अक्टोबरमा फेला परेका थिए ।

भियतनाम तथा ब्रिटेनका अधिकारीहरूले २३ अक्टोबरमा फेला परेका शवहरूको पहिचान कार्य जारी राखेको बताएका छन्।

उक्त घटनासँग सम्वन्धित ठानिएका करिव १ दर्जन व्यक्तिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भईरहेको बेलातयी प्रहरीले बताएको छ ।

बेलायत प्रहरीले लरीका चालकलाई पक्राउ गरेर अभियोग लगाउनुका साथै उत्तरी आयरल्याण्डका दुई दाजुभाइलाई पनि सोही अभियोगमा खोजिरहेको जनाएका छन्।

भियतनामको प्रहरीले पनि दुई जनालाई मानव तस्करीको आरोपमा पक्राउ गरेको जनाएको छ ।

मृतकहरु सबै बियतनामी भएको खवर सार्वजनिक भएलगत्तै भियतनाम सरकारले घटनाको कडा शब्दमा निन्दा गर्दै विश्व समुदायलाई मानवतस्करी बिरुद्ध एकजुट हुन आव्हान गर्नुका साथै देशभित्र मानव तस्कर बिरुद्ध कडा नीति अवलम्ब गर्ने जनाएको छ ।