(JAPAN) 18 th November | 2019 | Monday | 6:21:29 PM
(Nepal) 18 th November | 2019 | Monday | 3:06:29 PM
 

पूर्बी जापानको चिबा बाढि र पहिरोमा परी ८ को मृत्‍यु, केही बेपत्ता

Deepak Gautam   POSTED ON : Saturday, 26 October, 2019 | Views : 171


शुक्रबार बिहान देखी परेको अबिरल बर्षा पछी आएको बाढि र पहिरोमा परी पूर्बी जापानको चिबामा ८ जनाको ज्यान गएको छ । समाचार शुत्रहरुका अनुसार अझै २ जना बेपत्ता भएका छन् ।  


चिबाको मिदोरी भन्ने ठाउका २ स्थानमा पहिरो गएको स्थानिय  संचार माध्यमहरुले जनाएका छन्  । संचार माध्यमहरुका अनुसार झन्डै २ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।  


बाढि र पहिरोले क्षति पुर्‍याएका स्थानमा उद्दार कार्य भैरहेको र मृतकको संख्या समेत बढ्न सक्ने अधीकारी हरुले बताएका छन् । अहिले सम्मको जानकारी अनुसार ४ हजार ७ सय भन्दा बढी घरमा पानीको आपूर्ति बन्द भएको छ ।  


यस अघि जापानमा आँधीका कारणले १०० भन्दा धेरैले ज्यान गुमाएका थिए । यस अघिको आँधीले क्षति पुर्‍याएका क्षेत्रमा उद्दार र पुनर्निमाणको जारी रहेकै समयमा शुक्रबार पूर्बी जापानमा भीषण बर्षा भएको थियो ।  तस्बिर: एन एच् के