(JAPAN) 16 th October | 2019 | Wednesday | 6:24:40 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:09:40 PM
 

जापानमा यस्तो पनि हुँदो रहेछ - ७० वटा कार चोरी गर्नेहरु पक्राउ

  POSTED ON : Sunday, 15 September, 2019 | Views : 626

जापानमा यस्तो पनि हुँदो रहेछ - ७० वटा कार चोरी गर्नेहरु पक्राउ


टोकियो, जापान ।

जापानमा सन् २०१८ देखी कार चोरी गर्दै आएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

समाचार अनुसार हालसम्म ७० वटा कार चोरी गरिसकेका तीनजना मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । एकजनाको विस्तृत पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

जापानको कानागावा र सिजुओका प्रिफेक्चरबाट यति ठूलो संख्यामा कार चोरी गरिसकेकाहरुले करिव ८ करोड जापानी येन मुल्य बराबरको कारहरु चोरी गरेको पाईएको छ ।

प्रहरीलाई उदृत गर्दै यहाँको सान्केई पत्रिकाले प्रकाशित गरेको समाचार अनुसार पक्राउ परेका दुईजनाको परिचय खुलेको छ । उनिहरु बच्चादेखीकै साथी रहेको र पक्राउ परेका दुवै कानागावाका बासिन्दा रहेका छन् ।

पक्राउ पर्नेमा रिाचुका शहरका ३६ बर्षिय हायातो ओगाता जो एक कम्पनीमा कार्यरत कर्मचारी रहेका छन् र अर्का ३७ बर्षिय ताचुया तानिके ३७ बर्षका ट्रक डाईभर रहेका छन् ।

तेस्रो व्यक्तिबारे विस्तृत विवरण बटुल्नेकाम भईरहेको बताउँदै प्रहरीले उनको खोजी भईरहेको जनाएको छ ।

गत महिना ती तिनजनाले यात्रुबोक्ने एक गाडी कानागावाको ईसेहारा शहरबाट चोरीको प्रयास गरेपछि प्रहरीको निशानामा परेका थिए ।

पक्राउ परेकाहरुले कार चोरीबाट आएको पैसाले आफुहरुले दैनिक खर्चमा प्रयोग गर्ने गरेको बताएका छन् ।

कार चोरीमा पक्राउ परेकाहरु अन्य आपराधिक घटनामा समेत संलग्नताको आशंकामा प्रहरीले उनिहरुमाथि थप अनुसन्धान सहित कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिएकोछ ।