(JAPAN) 16 th October | 2019 | Wednesday | 6:58:32 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:43:32 PM
 

प्रधानमन्त्री आबे शिन्जोद्धारा मन्त्रीमण्डल पुर्नगठन, यस्ता छन् आबेसँगै जापान हाँक्ने नयाँ सारथीहरु

  POSTED ON : Thursday, 12 September, 2019 | Views : 774

प्रधानमन्त्री आबे शिन्जोद्धारा मन्त्रीमण्डल पुर्नगठन, यस्ता छन् आबेसँगै जापान हाँक्ने नयाँ सारथीहरु


टोकियो, जापान ।

जापानका प्रधानमन्त्री आबे शिन्जोले आफ्नो मन्त्रीमण्डल पुर्नगठन गरेका छन् ।

पुर्नगठित मन्त्रालयमा सरकारको वरिष्ठ मन्त्रीका रुपमा तारो आसोले उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

सानाए ताकाईची आन्तरिक मामला तथा सञ्चार मन्त्री नियुक्त हुँदा काच्सुयुकि कावाई न्यायमन्त्री बनेका छन् ।

तारो कोनोको ठाउँमा बिदेश मन्त्रालयको जिम्मेवारी तोसिमिचु मोतेगीले सम्हालेका छन् । प्रशान्तपार साझेदारी अर्थात् टीपीपी र जापान अमेरिका व्यापार सम्झौतामा उच्च वार्ताकारको भूमिका निभाएका मोतेगी जापानका कुशल कुटनीतिज्ञको रुपमा समेत चिनिन्छन् ।

तारो कोनो भने रक्षा मन्त्रीको रुपमा नियुक्त भएका छन् ।

यसैगरि शिक्षा, संस्कृती, खेल तथा विज्ञान मन्त्रालयको जिम्मेवारी कोईची हागिउदाले पाउँदा कात्सुनोबु कातोले स्वास्थ्य, श्रम एवं कल्याण मन्त्रालयको जिम्मेवारी पुन पाएका छन् ।

आबले आफ्नो सारथीहरु चयन गर्ने क्रममा ताकु एतोलाई कृषि एवं मत्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । उद्योग सहित अर्थ र व्यापार मन्त्रीको जिम्मेवारी भने ईस्सु सुगावाराले पाएका छन् ।

नयाँ मन्त्रीको रुपमा काजुयोशि आकाबाले भूमि, संरचना तथा परिवहन एवं पर्यटन मन्त्रीको जिम्मेवारी पाएका छन् । आकाबा सत्ताधारी  गठबन्धनको दलबाट चयन भएका एकमात्र मन्त्री हुन् ।


दोस्रो विश्वयुद्ध पश्चात कम उमेरका मन्त्री बनेका ३८ बर्षिय युवा नेता शिजिरो कोईजुमि नयाँ पर्यावरण मन्त्री बनेका छन् ।

मुख्य क्याबिनेट सचिव योशिहिदे सुगाले सोही पदमा निरन्तरता पाएका छन् । पुर्ननिर्माण मन्त्रालयको जिम्मेवारी भने काजुनोरि तानाकाले पाएका छन् । तानाकाले सन् २०११ को विनाशकारी भूकम्प र सुनामीपछि पुर्वी जापानमा पारेको क्षतिग्रस्त क्षेत्रको पुर्ननिर्माणलाई मुख्य रुपमा हेर्नेछन् ।

जापानको राष्ट्रिय सार्वजनिक सुरक्षा आयोगको अध्यक्षको रुपमा रियोता ताकेदाले जिम्मेवारी पाएका छन् । उनले जापानको समग्र प्रहरी प्रशासनलाई प्रभावकारी बनाउने भूमिका खेल्नेछन् ।

नागरिक सहभागीता मन्त्रीको रुपमा सेईईचि एतो नियुक्त भएका छन् । हेर्दा सामान्य जस्तो लागेपनि एतोले जापानको बृद्ध समाजका कारण बढ्दो सरकारी भार तथा भावी रणनीति बनाउने दिशामा महत्वपूर्ण काम गर्नुपर्नेछ ।

जापानको जनसंख्या र हालको अवस्थालाई कायम राख्दै थप बुढो समाज तर्फ तिब्रगतिमा बढेको युवाजनशक्ति अभावलाई टार्न वा बढ्न नदिन उनको भूमिका महत्वपूर्ण हुनेछ ।

जापानको सूचना तथा प्राद्योगिक नीति मन्त्रालको जिम्मेवारी नाओकाजु ताकेमोतोले पाउँदा आर्थिक पुर्नबहाली मन्त्री यासुतोशि निशिमुरा भएका छन् ।

मन्त्री मण्डलाई थप प्रभावकारी बनाउँदै नयाँ व्यक्तिलाई अवसर दिएका प्रधानमन्त्री आबे शिन्जोको मन्त्री मण्डलमा सेईगो कितामुरा क्षेत्रिय पुर्नबहाली मन्त्री नियुक्त भएका छन् ।

जापानले ऐतिहाँसिक महत्व साथ राष्ट्रिय पर्वको रुपमा मनाउँदै गरेको २०२० टोकियो ओलम्पिक तथा पारा ओलम्पिक आयोजनालाई सम्हाल्ने जिम्मेवारी सेईको हाशिमोतोले पाएका छन् । हासिमोतोलाई टोकियो ओलम्पिक तथा पारा ओलम्पिक खेल मन्त्रीको रुपमा नियुक्त गरिएको छ ।

ग्रिस्मकालिन टोकियो ओलम्पिक सुरु हुन अब मात्र ३ सय १६ दिन बाँकी रहेको छ । टोकियो ओलम्पिक सन् २०२० जुलाई २४ तारिख शुक्रबारबाट औपचारिक रुपमा सुरु हुनेछ ।

परराष्ट्र मन्त्री ज्ञवालीद्धारा जापानका नवनियुक्त बिदेशमन्त्री मोतेगीलाई बधाई तथा शुभकामना व्यक्त