(JAPAN) 21 st July | 2019 | Sunday | 10:07:03 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:52:03 AM
 

विश्व बजारमा तेलको मुल्य बढ्ने संकेत-बेलायतले आफ्नो ईन्धन ट्यांकर नियन्त्रणमा लिएपछि ईरानद्धारा त्यस्तै प्रयास

  POSTED ON : Thursday, 11 July, 2019 | Views : 102

विश्व बजारमा तेलको मुल्य बढ्ने संकेत-बेलायतले आफ्नो ईन्धन ट्यांकर नियन्त्रणमा लिएपछि ईरानद्धारा त्यस्तै प्रयास


एजेन्सी ।

बेलायतले आफ्नो ईन्धन आपुर्ती गर्ने पानी जहाँज नियन्त्रणमा लिएपछि ईरानले बेलायतको तेल ट्याङ्कर कब्जामा लिने त्यस्तै प्रयास गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार हतियारधारी इरानी नौकाले बुधबार खाडीको जलक्षेत्रमा एउटा बेलायती तेल ट्यांकरलाई नियन्त्तणमा लिने प्रयास गरेकोमा रोयल नेभीको एक युद्धपोतले असफल पारिदिएको छ ।

सीएनएन समाचार संस्थाका अनुसार इरानले होर्मुजको खाडीको बाटो हुँदै गइरहेको ब्रिटिस हेरिटेज तेल ट्याङ्करलाई बाटो बदल्न र तेहराननजिकको समुद्री क्षेत्रमा रोक्ने आदेश दिएको बताएको छ ।  

अमेरिकी विमानले यो घटनाको भिडियो नै बनाएको बताईएको छ । इरानी राष्ट्रपति हसन रुहानीले बुधबार बेलायतको चेतावनी दिँदै जिब्राल्ट तटमा आफ्नो एक तेल ट्याङ्कर कब्जामा लिने बेलायतको कोसिसको परिणाम भोग्नपुर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘‘म यो कुरालाई रेखाङ्कित गर्न चाहन्छु कि समुद्री क्षेत्रमा असुरक्षाको सुरुआत तपाईंले गर्नुभएको छ । र, यसको परिणामको महसुस चाँडै गर्नुपर्नेछ ।’’

गत सप्ताह जिब्राल्टरमा अधिकारीहरुले इरानको एउटा तेल ट्याङ्कर रोकेका थिए । यो ट्याङ्कर युद्धबाट बर्बाद हुँदै गएको सिरियातर्फ इरानको कच्चा तेल बोकेर जाँदै गरेको बताइन्छ, सिरियामाथि युरोपियन युनियनले प्रतिबन्ध लगाएका कारण इरानी तेल आपुर्तिमा बेलायतले अवरोध खडा गरेको बताईन्छ ।

विश्व बजारमा ईन्धन आपुर्ति हुने मुख्य मार्गको रुपमा रहेको होर्मुज क्षेत्रमा बढ्दो तनावका बिच ईन्धनको मुल्य बढ्ने देखिएको छ ।

यसअघि समेत दुई तेल ट्यांकर माथि भएको आक्रमणबाट विश्व तेल बजारमा केही मुल्य बृद्धि भएकोमा यो घटनासँगै विश्व बजारमा ईन्धनको मुल्य बढ्ने अनुमान गरिएको छ ।