(JAPAN) 16 th October | 2019 | Wednesday | 6:23:16 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:08:16 PM
 

अपत्यारिलो अपराध-जापानमा १८ बर्षिया छोरीलाई मारेर फ्रिजमा हालेर बाबुद्धारा आत्महत्या

  POSTED ON : Monday, 08 July, 2019 | Views : 5338

अपत्यारिलो अपराध-जापानमा १८ बर्षिया छोरीलाई मारेर फ्रिजमा हालेर बाबुद्धारा आत्महत्या


टोकियो, जापान ।

जापानमा सुन्दै अपत्यारिला र डरलाग्दा आपराधिक घटना सार्वजनिक हुने क्रममा आईतबार यस्तै अपत्यारिलो अपराधको घटना सार्वजनिक भएको छ ।

घटना जापान राजधानी टोकियोकै हो । १८ बर्षिया आफ्नै छोरीलाई मारेर एक बाबुले आफुले समेत आत्महत्या गरेका छन् ।

घटना यतिमै सिमित छैन । ४३ बर्षिया ति बाबुले छोरीलाई मारेपछि छोरीको शव रेफ्रिजेरेटरमा राखेका रहेछन् । झनै रहस्यमय त के भने छोरीलाई मारेपछि उनले आफैंले श्रीमतीलाई फोन गरेर छोरीलाई मारिदिएको भन्दै आफु पनि मर्न जान लागेको बताएछन् ।

लगत्तै प्रहरीलाई खवर गरिएपनि ती व्यक्ति साईतामा शहरको ईवाचुकीमा रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिए ।

प्रहरीले उनको मोटरसाईकल समेत नजिकै फेला पारेको जनाएको छ ।

फुजी टेलिभिजनका अनुसार हत्या गरिएकी १८ बर्षिया किशोरी विश्व विद्यालयमा अध्ययनरत थिईन् ।

केही समय काम समेत गर्दै आएकी उनि काम गर्नकै लागि भनेर निक्लिएपनि बाबुले कसरी कन्फेक्स्नरी स्टोरमा लगेर हत्या गरि ठूलो रेफ्रिजेरेटरमा राख्न भ्याए भन्ने खुलेको छैन ।

तर मृतक १८ बर्षियाा ईबुकी किजुका दाजुले बताए अनुसार उनका बाबुले आफु खोलामा हामफालेर मर्नजान लागेको संकेत गरेका थिए ।

तर उनले आफु मर्नु अघि किन छोरीको हत्या गरे भन्ने खुल्न सकेको छैन । छोरीको हत्या गर्नु अघिसम्म टोकियो आरिकावा वार्डमा हत्या आरोपी ति व्यक्ति सामान्य अवस्थामा दैनिक काम गर्दै आएको परिवारजनले बताएका छन् ।