(JAPAN) 21 st July | 2019 | Sunday | 9:18:27 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:03:27 AM
 

विश्वको शक्तिशाली पासपोर्टमा जापान र सिंगापुर, नेपाल अन्तिमबाट आठौं

  POSTED ON : Friday, 05 July, 2019 | Views : 1296

विश्वको शक्तिशाली पासपोर्टमा जापान र सिंगापुर, नेपाल अन्तिमबाट आठौं


टोकियो, जापान ।

सन् २०१९ मा विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुर परेका छन् ।

विश्वभरीका पासपोर्टको मूल्याकंनका आधारमा प्रकाशित सूचीमा जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा बढी शक्तिशालि पाईएको हो ।

हेनेली एण्ड पार्टनर्स पासपोर्ट इन्डेक्सले प्रकाशित गरेको सूचिमा नेपाल भने अन्तिमबाट आठौं नम्वरमा परेको छ ।

सूचिमा सिंगापुर र जापानको पासपोर्ट सबैभन्दा राम्रो भ्रमणमैत्री पासपोर्ट भएको उल्लेख छ । यी दुई देशका पासपोर्ट वाहकले बिना रोकतोक १८९ देश प्रवेश पाउँछन् भने दक्षिण कोरियाको पासपोर्ट वाहकले १८७ देशमा सहज प्रवेश पाउने गरेका छन् ।

दक्षिण कोरिया, फिनल्याण्ड र जर्मनीसँगै दोस्रो स्थानमा रहेका छन् । ती देशका नागरिकले १८७ राष्ट्र टेकेपछि मात्र भिसा लगाए हुन्छ ।

तेस्रो स्थानमा डेनमार्क, इटाली र लक्जमवर्ग छन् । ती राष्ट्र १८६ देशमा अन-अराइभल भिसा (देश पुगेपछि भिसा पाउने सुविधा) पाउँछन् । पाँच वर्षअघि अमेरिका र बेलायत यस वर्गीकरणमा शीर्ष स्थानमा थिए, अहिले ती झरेर छैटौं स्थानमा आइपुगेका छन् ।

अफगानिस्तान सूचिको पुछारमा रहेको छ । अफगानी पार्सपोर्टधारी नागरिकले मात्र २५ देशमा भिसा नलिई भ्रमण गर्न पाउँछन् ।

सबैभन्दा उत्कृष्ट पासपोर्ट भएका देश:

१.जापान, सिंगापुर

२.फिनल्याण्ड, जर्मनी, दक्षिण कोरिय

३.डेनमार्क, इटाली, लक्जर्मवर्ग

४.फ्रान्स, स्पेन, स्वीडेन

५.अष्ट्रिया, नेदरल्याण्ड, पोर्चुगल, स्वीजरल्याण्ड

६.बेल्जियम, क्यानडा, ग्रिस, आयरल्याण्ड, नर्वे, बेलायत, अमेरिका

७.माल्टा

८.चेक गणतन्त्र

९.अष्ट्रेलिया, आइसल्याण्ड, लुथानिया, न्यू जील्याण्ड

१०.लात्भिया, स्लोभाकिया, स्लोभानिया


विश्वको सबैभन्दा कमजोर पासपोर्ट भएका देश

१०१.बंग्लादेश, इरिट्रिया, इरान, लेबनान, उत्तर कोरिया

१०.नेपाल

१०३.लिविया, प्यालेप्टाइन भूभाग, सुडान

१०४.यमन

१०५.सोमालिया

१०६.पाकिस्तान

१०७.सिरिया

१०८.इराक

१०९.अफगानिस्तान