(JAPAN) 21 st July | 2019 | Sunday | 10:10:47 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:55:47 AM
 

ओसाकामा प्रहरीमाथी प्रहरी बिटमै चक्कु प्रहार, पेस्तोल खोसेर फरार आक्रमणकारी पक्राउ

  POSTED ON : Tuesday, 18 June, 2019 | Views : 859

ओसाकामा प्रहरीमाथी प्रहरी बिटमै चक्कु प्रहार, पेस्तोल खोसेर फरार आक्रमणकारी पक्राउ


ओसाका, जापान ।

जापानको ओसाकामा प्रहरी अधिकारीलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीको पेस्तोल खोस्न प्रहरीमाथि चक्कु प्रहार गरेको ठानिएका युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

आईतबार प्रहरी अधिकारीमाथि ओसाका प्रिफेक्चरको सुईता शहरमा एकाबिहानै चक्कु आक्रमण भएको थियो ।

२६ बर्षिय सुजुनोसुके कोसे नाम गरेका प्रहरी अधिकारीमाथि ड्युटीमै रहेको समयमा प्रहरीको बिट अगाडीनै चक्कु प्रहार भएको थियो ।

हाल गम्भिर घाईते भएका कोसेको अस्पतालमा उपचार भईरहेको उनि अचेत रहेको बताईएको छ । प्रहरी अधिकारीको साथमा रहेको पेस्तोल समेत नभेटिएको समाचारमा जनाईएको छ ।

चक्कु प्रहारपछि फरार रहेका ३३ बर्षिय आक्रमणबारी युजिरो लिमोरीलाई टोकियो सिनागावा वार्डबाट प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका आक्रमणकारीको साथबाट प्रहरी अधिकारीको हराईराखेको पेस्तोल फेला परेको समाचार संस्था जापानटाईम्सले उल्लेख गरेको छ । तर पेस्तोलमा भरिएको गोली मध्ये एउटा भने नपाईएको जनाईएको छ ।

प्रहरी अधिकारीमाथि आक्रमण भएलगत्तै आक्रमणकारीको खोजिमा व्यापक रुपमा खोजतलास थालेको प्रहरीले सिसिटिभी क्यामराको सहायताले पक्राउ गरेको बताएको छ ।

आक्रमणकारी युवालाई हत्या प्रयास अभियोगमा कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ । तर आक्रमणकारी युवाले भने आक्रमण अस्विकार गरेको र आक्रमणको कारणबारे केही नबताएको जापानी समाचार संस्था क्योदोले उल्लेख गरेको छ ।

बरु आक्रमणकारीले आफु मानसिक रोगी रहेको बताउँदै मानसिक समस्याको औषधि सेवन गरिरहेको बताउँदै कागजातहरु प्रहरीलाई देखाएको बताईएको छ ।