(JAPAN) 19 th September | 2019 | Thursday | 6:08:44 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:53:44 PM
 

अब जापानमा मोबाईल फोन जहिले बन्द गरेपनि जरिवाना एक हजार येनमात्र

Jack Khadka   POSTED ON : Wednesday, 12 June, 2019 | Views : 247

अब जापानमा मोबाईल फोन जहिले बन्द गरेपनि जरिवाना एक हजार येनमात्र


टोकियो, जापान ।

जापानमा उपभोक्ताले प्रयोग गरिराखेको मोबाईल फोन लिन नचाहेमा सम्झौता रद्द गर्दा केवल १ हजार येन तिरे हुने भएको छ ।

फोन रद्द गर्दा सम्वन्धित कम्पनीलाई हजारौं रुपैयाँ तिनुपर्ने मोबाईल फोन कम्पनीहरुको बाध्यात्मक व्यवस्था अब हट्ने भएको छ ।

जापान सरकारले मोबाइल फोन सम्झौता रद्ध गर्न र मोबाइल क्यारियरबीचको प्रतिस्पर्धा बढाउन समय अघिनै सम्झौता रद्द गर्न चाहेमा तिनुपर्ने रकम बढीमा एक हजार येनमात्र लिन पाउने नयाँ व्यवस्था लागू गर्ने भएको हो ।

तीन प्रमुख मोबाइल कम्पनी एनटीटी डोकोमो, केडीडीआई र सफ्टबैङकले २ वर्षिय सम्झौताको बिचमा उपभोक्ताले प्रयोग गर्न नचाहेमा अब एक हजार येन भन्दा बढी जरिवाना लिन पाउनेछैनन् ।

हाल यो जरिवाना शुल्क करिव १ मानको आसपास रहेको छ ।

जरिवाना शुल्कमा नियमले बाँध्न लागेको सरकारले नयाँ ग्राहक तान्न मोबाइल फोनमा दिईने छुटमा समेत निश्चित रकम भन्दा बढी बनाउन बताएको छ । यसको लागि सरकारले बढीमा २ मान अर्थात् २० हजार येन तोकेको छ ।

संसदमा जनताका गुनासाका बारेमा उठेका विषय तथा संसदीय समितिमा भएको छलफलपछि जापान सरकारले मोबाईल फोन कम्पनीहरुलाई उपभोक्ता मैत्री बनाउने क्रममा नयाँ निर्णय गरेको हो ।

जापान विश्वमै मोबाईल फोन लिन तथा रद्द गर्न देखी प्रयोगमा महंगो खर्च हुने देशको रुपमा रहेको क्योदो समाचार संस्थाले उल्लेख गरेको छ ।

उपभोक्ताबाट चर्को शुल्क असुलेकै कारण यहाँका मोबाईल फोन सेवा प्रदायक कम्पनीहरुको मुनाफा अन्य देशका टेलिकमको उच्च रहेको बताईन्छ ।