(JAPAN) 18 th June | 2019 | Tuesday | 4:38:39 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:23:39 PM
 

जापानी मध्यस्थताको अपेक्षा गर्दै ईरानद्धारा 'अमेरिकाको भनाई र गराईमा विश्वास नभएको' टिप्पणी

  POSTED ON : Monday, 10 June, 2019 | Views : 40

जापानी मध्यस्थताको अपेक्षा गर्दै ईरानद्धारा 'अमेरिकाको भनाई र गराईमा विश्वास नभएको' टिप्पणी


टोकियो, जापान ।

अमेरिकासँग व्यापार सहित सुरक्षामा गम्भिर मतभेद बढिरहँदा ईरानले जापानबाट तनाव घटाउन मध्यस्थताको अपेक्षा गरेको जनाएको छ ।

ईरानी बिदेशमन्त्री मोहम्मद जवाद जरिफले जापानी समाचार संस्था एनएचकेसँगको कुराकानीका क्रममा यस्तो अपेक्षा व्यक्त गरेका हुन् ।

आईतबार ईरानको राजधानी तेहरानमा एनएचके सहित अन्य मिडिया एजेन्सीहरुसँग कुराकानी गर्दै बिदेशमन्त्री जरिफले बुधवार ईरान भ्रमणमा जान लागेका जापानी प्रधानमन्त्री आवे शिन्जोले यस दिशामा काम गर्ने अपेक्षा व्यक्त गरे ।

प्रधानमन्त्री आवे बुधवार तीनदिने ईरान भ्रमणका क्रममा तेहरान पुग्दैछन् ।

अमेरिकाले ईरानबिरुद्ध कडा आर्थिक नाकाबन्दी लगाउँदा ईरानको प्रमुख आय श्रोत मानिएको तेल निर्यातमा गम्भिर असर परिरहेको छ ।

ईरानसँग व्यापार गर्ने देशमाथि समेत आर्थिक नाकाबन्दीको असर पर्ने चेतावनी अमेरिकाले दिईरहँदा जापानी प्रधानमन्त्री आवे ईरान भ्रमणमा जान लागेका हुन् ।


जापानले देशमा खपत हुनेमध्ये ५ प्रतिशत भन्दा बढी कच्चा ईन्धन ईरानबाट आयात गरिरहेको छ भने दर्जनौं जापानी यद्योगहरुले ईरानमा अर्बौं डलरको लगानी गरेका छन् ।

ईरानी बिदेशमन्त्री जरिफले ट्रम्प प्रशासनले आर्थिक युद्ध सुरु गरेको जनाउँदै यसबाट ईरानी नागरिकहरु गम्भिर अवस्थाको सामना गरिरहेको बताएका छन् ।

जरिफले ईरान भ्रमणका क्रममा जापानी प्रधानमन्त्री आवेसँग नाकाबन्दीको असर र उत्पन्न हुनसक्ने गम्भिर परिणामको विषयमा छलफल हुने बताए ।

अमेरिकी प्रतिवन्ध हटाउन जापानी प्रधानमन्त्री आवेले धेरै काम गर्नसक्ने आशा व्यक्त गर्दै ईरानी बिदेशमन्त्री जरिफले अमेरिकाले वार्ताको कुरा अघि सार्दै नयाँ नाकाबन्दी थपेकोमा कडा आलोचना समेत गरेका छन् ।

उनले भनेका छन्-'अमेरिकाको कुनै विश्वास छैन, किनभने उसले भन्ने र गर्ने काम सँधै फरक हुने गर्छ ।'