(JAPAN) 19 th September | 2019 | Thursday | 5:19:32 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:04:32 PM
 

जापानमा सन् २०१८ को जन्मदर अहिलेसम्मकै कम, बिवाह गर्नेको संख्यामा पनि घटेर नयाँ रेकर्ड

Jack Khadka   POSTED ON : Saturday, 08 June, 2019 | Views : 201

जापानमा सन् २०१८ को जन्मदर अहिलेसम्मकै कम, बिवाह गर्नेको संख्यामा पनि घटेर नयाँ रेकर्ड


टोकियो, जापान ।

जापानको सरकारी आँकडा अनुसार सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा न्युन जन्मदर भएको छ ।

जनसंख्या घट्ने क्रम तीब्र गतिमा बढी रहँदा जन्मदर अहिलेसम्मकै न्यून भएको यहाँको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले जनाएको छ ।

जन्मदर घट्ने क्रममा सन् २०१८ मा अहिलेसम्मकै न्युन १.४२ प्रतिशत जन्मदर भएको छ ।

सरकारी तथ्यांक अनुसार ओकिनामा प्रिफेक्चरमा सबैभन्दा बढी जन्मदर १.८९ पाईएको छ । तर राजधानी टोकियोमा भने सबैभन्दा कम जन्मदर १.२० रहेको छ ।

सन् २०१८ मा केवल ९ लाख २० हजार बालबालिकाको जन्म भएको तथ्यांकले देखाएको छ । यो संख्या जापानमा जन्मदरको तथ्यांक राख्न थालेको सन् १८९९ देखिकै सबैभन्दा कम हो ।

रोचक कुरा त के भने गत बर्ष जापानमा विवाह गर्ने जोडिको संख्या समेत सबैभन्दा कम रहेको छ ।

द्धितिय विश्वयुद्ध पछिकै सबैभन्दा कम केवल ५ लाख ८६ हजार जोडिले मात्र गत बर्ष विवाह गरेको रेकर्ड भएको जापान सरकारले जनाएको छ ।