(JAPAN) 18 th June | 2019 | Tuesday | 3:39:15 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:24:15 PM
 

लोकसभा निर्वाचनमा बहुमत पाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिए, निर्वाचनको मतपरिणाम यस्तो छ

  POSTED ON : Saturday, 25 May, 2019 | Views : 118

लोकसभा निर्वाचनमा बहुमत पाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिए, निर्वाचनको मतपरिणाम यस्तो छ


एजेन्सी ।  

भारतीय लोकसभा निर्वाचनमा आफ्नो पार्टीले ३ सय ३ सिट सहित बहुमत ल्याएपनि प्रधानमन्त्री नरेन्द्र मोदीले भने पदबाट राजिनामा दिएका छन् ।

मोदीले राजिनामा अब प्रधानमन्त्री नबन्नको लागि नभई नियमानुसार अघिल्लो निर्वाचनको जनमतको समय सकिएपछि पुन अर्को सरकार बनाउनको लागि राष्ट्रपति समक्ष राजिनामा बुझाएका हुन् ।

कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी ९भाजपा० ले ३०३ सिट जितेको छ । यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नै फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ । पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । 

प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन्।


भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम कुन पार्टीले कति सिट जित्यो ?

सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुँदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ । 

भाजपा नेतृत्वको संयुक्त गठबन्धन ९एनडीए०ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् । 

भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जीत निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

एनडीए गठबन्धनमा रहेका अन्य दलहरुमध्ये शिव सेनाले १८, जनता दल युनाईटेड ९जेडियु०ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् । 

त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ । 

काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम ९डिएमके०ले २३, नेशनलिष्ट कंग्रेस पार्टी ९एनसिपी०ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन् । 

त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची ९भिसिके०ले एक एक सिटमा जित हासिल गरेका छन् ।