(JAPAN) 18 th June | 2019 | Tuesday | 4:27:29 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:12:29 PM
 

नैतिकताको राजनीति-बेलायती प्रधानमन्त्री थेरेसाद्धारा राजीनामाको घोषणा

  POSTED ON : Saturday, 25 May, 2019 | Views : 65

नैतिकताको राजनीति-बेलायती प्रधानमन्त्री थेरेसाद्धारा राजीनामाको घोषणा


एजेन्सी ।

युरोपियन युनियनबाट बेलायत अलग्गिने विषयमा संसदबाट सहमती जुटाउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले नैतिकताको आधारमा पदबाट राजिनामा दिने घोषणा गरेकी छिन् ।

थेरेसाले जुन ७ मा सत्ता छोड्ने घोषणा गरेको बिबिसीले जनाएको छ । युरोपियन युनियनबाट अलग्गिने विषयमा समझदारी गराउन असफल भएपछि राजिनामा घोषणा गरेकी हुन् ।

‘ब्रेक्जिट डिल’ भनिएको सम्बन्ध बिच्छेदपछिको सम्बन्ध कस्तो हुने भन्ने विषयमा उनको प्रस्ताव पटक(पटक संसदले असफल तुल्याइदिएको थियो ।

 ‘ब्रेक्जिट डिल’ निष्कर्षमा पुर्याउन असफल भएपछि उनीमाथि राजीनामा गर्न दबाव रहेको थियो । 

मेले शुक्रबार जारी गरेको विज्ञप्तिमा भने ‘ब्रेक्जिट डिल’का लागि आफूले इमान्दार भएर सक्दो प्रयास गरेको बताएकी छिन् ।