(JAPAN) 19 th September | 2019 | Thursday | 5:29:31 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:14:31 PM
 

अष्ट्रेलियामा स्कट मरिसन पुनः प्रधानमन्त्री बन्ने, नेपाली मूलका उम्मेदवार परमेज श्रेष्ठ पराजित

  POSTED ON : Monday, 20 May, 2019 | Views : 456

अष्ट्रेलियामा स्कट मरिसन पुनः प्रधानमन्त्री बन्ने, नेपाली मूलका उम्मेदवार परमेज श्रेष्ठ पराजित


अष्ट्रेलिया ।

अष्ट्रेलियामा हिजो सम्पन्न संघीय चुनावको मतगणाना जारी रहेको छ । लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार परमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नीबाट पराजित भएका छन् । पूर्व प्रधानमन्त्री टोनी एबट पनि स्वतन्त्र उम्मेदवार जाली स्टेगालसँग पराजित भएका छन् । मोरिसन सरकारमा अध्यागमन मन्त्री रहेका डेभिड कोल्म्यान, गृह मामिला मन्त्री पिटर डटन पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

अनिवार्य रुपमा मतदान गर्नुपर्ने नियम राखिएको अष्ट्रलियाको निर्वाचनमा करिब ९५ प्रतिशत मतदाताहरुले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी, ७० प्रतिशत मतगणना भइसकेको तथा निर्वाचनको पूर्ण नतिजा आउन अझै केही दिन कुर्नुपर्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । यो निर्वाचनमा करिब ४७ लाख भोट खसेको निर्वाचन आयोगले बताएको छ । सत्तारुढ दल लिवरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मरिसन पुनः सत्तामा फर्किने लगभग निश्चित भएको छ ।

 मोरिसन अष्ट्रेलियाको ३१ औँ प्रधानमन्त्रीमा नियुक्ति हुनेछन् । तर उनको सरकारलाई तेस्रो कार्यकालको लागि स्वतन्त्र सांसदहरुको सहयोग आवश्यक हुने देखिएको छ । अहिलेसम्म लिवरल गठबन्धनले ७४ र लेवर पार्टीले ६८ सिट प्राप्त गरेका छन् । सरकार स्थापनाको लागि तल्लो सदन वा प्रतिनिधिसभामा १५१ मध्ये कम्तिमा ७६ सिट आवश्यक पर्छ ।

यसैबीच विपक्षी दल लेवर पार्टीका नेता बिल शोर्टनले स्कट मोरिशनलाई फोन गरेर बधाई दिएका छन् । आफ्नो हार स्वीकार्दै उनले लेवर पार्टीको नेता पदबाट समेत हट्ने घोषणा गरे । उनले सांसदको पद भने नत्याग्ने बताए ।

समर्थकहरूका सामु जितको घोषणा गर्दै प्रधानमन्त्री स्कट मोरिसनले आफूले चमत्कारमा विश्वास गर्ने बताएका थिए ।

उता लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार परमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नीबाट पराजित भएका छन् । पूर्व प्रधानमन्त्री टोनी एबट पनि स्वतन्त्र उम्मेदवार जाली स्टेगालसँग पराजित भएका छन् । मोरिसन सरकारमा अध्यागमन मन्त्री रहेका डेभिड कोल्म्यान, गृह मामिला मन्त्री पिटर डटन पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

अनिवार्य रुपमा मतदान गर्नुपर्ने नियम राखिएको अष्ट्रलियाको निर्वाचनमा करिब ९५ प्रतिशत मतदाताहरुले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी, ७० प्रतिशत मतगणना भइसकेको तथा निर्वाचनको पूर्ण नतिजा आउन अझै केही दिन कुर्नुपर्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । यो निर्वाचनमा करिब ४७ लाख भोट खसेको निर्वाचन आयोगले बताएको छ ।