(JAPAN) 25 th May | 2019 | Saturday | 1:51:44 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:36:44 AM
 

जापानमा चारजना कारभित्रै समुन्द्रमा डुबेको अवस्थामा मृत फेला

  POSTED ON : Tuesday, 14 May, 2019 | Views : 1799

जापानमा चारजना कारभित्रै समुन्द्रमा डुबेको अवस्थामा मृत फेला


खागोसिमा, जापान ।

जापानको खागोसिमा प्रिफेक्चरमा समुन्द्रमा डुबेको अवस्थामा कारभित्र चारजना व्यक्ति मृत फेला परेका छन् ।

जापानी समाचार संस्था क्योदोका अनुसार जापानको कागोसिमा प्रिफेक्चरको एक बन्दरगाहमा डुबेको अवस्थामा कारलाई देखेपछि निकालिएको थियो ।

कारलाई निकाल्नेक्रममा चारजना मृत भेटिएका हुन् ।

मृत्यु भएकामा तीनजना पुरुष र एकजना महिला रहेका छन् । प्रहरीका अनुसार सोमबार माछा मार्ने मानिसहरुले एक कार डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।

मृतक व्यक्तिहरुको पहिचान नखुलेपनि जापानी नागरिकनै भएको प्रहरीले विश्वास गरेको छ ।

प्रहरीले घटनाको छानविन गरिरहेको बताएको छ ।

दुर्घटनास्थल नजिक माछा माने व्यापारिहरुको बाक्लो आवतजावत तथा केही पर रेष्टुरेण्टहरु सञ्चालनमा रहेका छन् ।