(JAPAN) 22 nd August | 2019 | Thursday | 8:14:39 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 4:59:39 PM
 

जापानमा नेपाली पुरुष पक्राउ, नेपालीमाथिनै सिसा प्रहार गरि घाईते बनाएको अभियोग

  POSTED ON : Monday, 13 May, 2019 | Views : 4368

जापानमा नेपाली पुरुष पक्राउ, नेपालीमाथिनै सिसा प्रहार गरि घाईते बनाएको अभियोग


टोकियो, जापान ।

नेपाली युवालाई टाउकोमा सिसा प्रहार गरि घाईते बनाएको अभियोगमा जापान प्रहरीले एक नेपाली पुरुषलाई पक्राउ गरेको छ ।

विज्ञान गौचन नाम गरेका ४४ बर्षिय नेपाली पुरुष पक्राउ परेको जापानी समाचार संस्था फुजी टेलिभिजनले समाचार प्रशारण गरेको छ ।

सिसा प्रहारबाट घाईते भएका व्यक्तिको उजुरीको आधारमा गौचनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गौचनले कुटपीटको आरोप स्विकार गर्दै विगतमा आफुलाई उक्त व्यक्तिले कुटेको र विवाद भएको प्रहरीलाई बयान दिएको समाचारमा उल्लेख छ ।

यस बर्षको मार्च महिनामा टोकियो मिनातो वार्डको एक नेपाली रेष्टुरेण्टमा एक सय बढी व्यक्तिको भोज भईरहेको ठाउँमा सो कुटपीटको घटना भएको थियो ।

गौचन कुक भिषामा जापानमा रहँदै आएको बुझिएको छ ।

गौचन आवद्ध नेपाल जापान युथ क्लवलाई आपराधिक समुहको संज्ञा

४४ बर्षिय विज्ञान गौचन राजधानी टोकियोमा बस्दै आएका पुराना नेपाली हुन् । जापानका धेरै संघसंस्थासँग परिचित उनी केही नेपाली संस्थामा आवद्ध समेत छन् ।

त्यसै मध्येको एक हो नेपाल जापान युथ क्लव ।

नागोयामा नेपाली विद्यार्थी खोलामा डुब्दा अचेत, टोकियोमा युवाहरुबिच झडप (भिडियो सहित) 

खेलकुद, देखी अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गर्दै आएको क्लवको गौचनलाई नेताको रुपमा जापानी समाचारले उल्लेख गरेको छ ।

समाचारमा आपराधिक समुहको रुपमा उल्लेख गर्दै उनि क्लवको अफिसर भएको बताईएको छ । तर प्रहरीलाई गौचनले क्लवको आफु एक सदस्य मात्र भएको बताएका छन् ।

प्रहरीले क्लवको बारेमा जानकारी लिनुका साथै क्लवमा आवद्धहरुबारे अनुसन्धान गरिरहेको याहुजापानले फुजी टेलिभिजनलाई उदृत गर्दै समाचार प्रकाशित गरेको छ ।

जापानमा कुटपिटमा संलग्न ५ नेपाली युवा पक्राउ, नेपाली-नेपाली कुटपिटको घटना यस्तो छ 

यसअघि समेत कामता युथ क्लवमा आवद्ध युवाहरुले नेपाली युवामाथिनै कुटपीट गरेपछि जापान प्रहरीले सो समुहलाई आपराधि ग्यांगको रुपमा लिंदै समुहमा आवद्धहरुको खोजि भईरहेको बताएको थियो ।

क्लवबारे अस्पष्ट !

यसअघि टोकियो युथ क्लवको नाम परेकोमा सम्वन्धित क्लवका सदस्यहरुसँग कुरा गरेपछि पक्राउ पर्नुभएका गौचन सो क्लवमा आवद्ध नरहेको जानकारी पछि उक्त विवरण हटाईएको छ ।

नेपाल जापान युथ क्लवका कोषाध्यक्ष बताउनुहुने समिर शर्माले टेलिफोनमा दिनुभएको जानकारी अनुसार गौचन क्लवमा आवद्ध छैनन् । उनी केही कार्यक्रममा सहभागी भएपनि क्लवसँग आवद्ध नरहेको उहाँले टेलिफोनमा जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

जापानमा दुई नेपाली (दाजुभाई) नेपालको नक्कली लाईसेन्स बनाउन सघाएको आरोपमा पक्राउ

जापानमा फेरी समातिए पाँच जना नेपाली, झुठो कागजातमा भिजा एप्लाई गरिदिने जापानी समेत पक्राउ 

जापानमा दुई नेपाली युवा साईकल चोरि गरेर रेलको लिगमा छोडेको अभियोगमा पक्राउ (भिडियो सहित) 

जापानी युवतीलाई यौनअपराध गरेको आरोपमा नेपाली युवा पक्राउ (भिडियो सहित) 

सिनओकुबो कुटाकुटमा संलग्नमाथि जापान प्रहरी भिडियोको अध्ययन गर्दै, व्यवसायीद्धारा नेपाली एकतामा जोड

जापानी युवतीलाई र्दुव्यवहार गरेको आरोपमा नेपाली युवा पक्राउ 

जापानमा दुई नेपाली विद्यार्थीमाथि छुरा प्रहार 

जापानी युवती होइन युवालाई यौनजन्य अपराध गरेको आरोपमा नेपाली युवा पक्राउ (भिडियो सहित) 

जापानी युवतीलाई छुरा प्रहार गर्ने नेपालीलाई ८ बर्ष जेल सजाय 

जापानमा नेपालीले मापसे गरेर गम्भिर सवारी दुर्घटना गराए, कार सडकमै उत्तानो पर्यो (भिडियो सहित) 

जापानमा शरणार्थी आवेदन दिनेमा नेपाली भन्दा फिलिपिनी, भियतनामी र श्रीलंकन धेरै