(JAPAN) 22 nd August | 2019 | Thursday | 8:16:31 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 5:01:31 PM
 

जापानले चीनलाई पनि चकित पार्दै कुदायो विश्वकै छिटो कुद्ने रेल, यस्ता छन् अनौठा विशेषता

  POSTED ON : Sunday, 12 May, 2019 | Views : 390

जापानले चीनलाई पनि चकित पार्दै कुदायो विश्वकै छिटो कुद्ने रेल, यस्ता छन् अनौठा विशेषता


टोकियो, जापान ।

जापानले चीनलाई पनि उछिन्दै विश्वमै तीब्रगतिमा कुट्दे रेल कुदाएको छ । व्यवसायिक रुपमा प्रयोग हुने बुलेट ट्रेन यति तीब्र गतिमा कुद्छ कि यसले एकघण्टामै ४ सय किलोमिटर पार गर्नसक्दछ ।

जापानले सन् २०३० बा व्यावसायिक रुपमा नियमीत कुदाउने योजना बनाएको यो रेलको शुक्रबार परीक्षण गरेको छ ।

शुक्रबार रेलले मियागी प्रिफेक्चरमा तीन घण्टा लामो परीक्षण भर्दा चीनको रेकर्डलाई तोडेको हो । व्यवसायिक प्रयोजनमा सबैभन्दा तीव्र गतिमा गुड्ने रेल चीनको ‘फुछिङ ट्रेन’ हो । जुन प्रतिघण्टा ३ सय ५० किलोमिर कुद्छ ।

तर त्यसको निर्माण ३६० किमी प्रति घण्टा गुड्ने गरी बनाइएको बताईन्छ ।

जापानले परिक्षणका रुपमा कुदाएको रेललाई सन् २०२१ सम्म दोस्रो तहमा विकसित गरेर कुदाउनेछ । त्यसपछि भने बल्ल व्यावसायिक रुपमा कुदाउने बताएको छ ।

सन् २०३० को दशकमा रेलले नियमीत व्यवसायिक यात्रा गर्दा प्रतिघण्टा ३६० किमी यात्रा गर्नेछ ।


यस्था छन विशेषता

रेलको अगाडिको भाग चुच्चो परेको छ । चुच्चो पनि यति कि हाम्रा नेपालका प्रधानमन्त्री केपी ओलीले भाषणमा चुच्चो परेको रेल कुदाईन्छ भनेजस्तै यसको अगाडीको चुच्चो भाग नै २२ मिटर लामो छ ।

यो नाक चुच्चो भएको बुलेट रेल जापानको सेन्दाई र ओमोरीबीचमा मात्र चल्नेछ  ।

परिक्षण गरिएको रेल शिन्कानसेन रेलको एएल एफए-एक्स संस्करण हो ।

जापानले एक वर्ष अघिदेखि शिन्कान्सेनको अर्को संस्करण एन७००एस परिक्षण गरिरहेको छ । उक्त मोडेल सन् २०२० बाट प्रयोगमा आउनेछ ।

यो एन ७०० एस मोडेलको गति भने ३ सय किलोमिटर प्रति घण्टाको छ ।

यो रेललाई जापानले आगामी बर्ष आयोजना हुने ओलम्पिकको समय पारेर कुदाउन थाल्नेछ ।

तिब्रगतिको व्यवसायिक रेल बनाईरहेको जापानको रेलबारे जानकारी लिंदा छुटाउन नहुने कुरा के हो भने यसअघिनै २०१५ मा म्यागेलभ नाम दिएर एकघण्टाकै ६ सय ३ किलोकिटर कुद्ने रेल जापानलेनै कुदाईसकेको छ ।

यो नै अहिलेसम्मकै विश्वको सबैभन्दा छिटो कुद्ने रेल बनेको छ ।

अहिले परिक्षण गरिएको तिब्र गतिको व्यावसायिक बुलेट रेलमा १० वटा डिब्बा जडान गरिएको छ भने रेलको अगाडीको भाग चाँदिले मोरेर बनाईएको छ ।