(JAPAN) 25 th May | 2019 | Saturday | 1:59:54 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:44:54 AM
 

श्रीलङ्का बम विस्फोटमा २ सय ५३ जनाको मृत्यु, अधिकारीहरुद्धारा संख्यामा त्रुटी भएको स्विकार

  POSTED ON : Friday, 26 April, 2019 | Views : 99

श्रीलङ्का बम विस्फोटमा २ सय ५३ जनाको मृत्यु, अधिकारीहरुद्धारा संख्यामा त्रुटी भएको स्विकार


एजेन्सी ।

गत आईतबार पाँचतारे होटल र गिर्जाघरहरुमा भएको आत्मघाती बम विस्फोटमा परेर श्रीलङ्कामा मृत्यु हुनेको संख्या २ सय ५३ जना रहेको त्यहाँको सरकारले बताएको छ ।

यसअघि सार्वजनिक गरिएको ३ सय ५९ जना भन्ने तथ्यांक गलत भएको स्विकार्दै श्रीलंकाली अधिकारीहरुले मृतकहरूको गणनामा गल्ती भएको बताएका हुन् ।

अधिकारीहरुले बम विस्फोटमा परि क्षतिग्रस्त भएका मानव अंगका आधारमा गणना गर्दा संख्या बढी देखिन गएको जिकिर गरेका छन् ।

मृतक मध्ये ४० जना बिदेशी नागरिकहरु रहेका छन् । बिस्फोटमा परेर घाईते भएकाको संख्या भने ५ सय नजिक रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुले आत्मघाती बम विस्फोटमा नौ जना संलग्न भएको पाईएको बताएका छन् । प्रहरीले आक्रमणकारीहरूसँग निकट रहेकाहरूको खोजी जारी राखेको छ ।

आक्रमणकारीसँग सम्पर्कमा रहेका सात जनाको खोजी भइरहेको र ति व्यक्तिहरूको तस्बिर समेत सार्वजनिक गरिएको छ ।

बम विस्फोटको इस्लामिक स्टेट नामको अतिवादी मुश्लिम समुहले लिएपनि उक्त घटनामा उनिहरुको संलग्नताको आधार पुष्टिहुने प्रमाण नपाईएको श्रीलंकाली सुरक्षा अधिकारीहरुले बताएका छन् ।