(JAPAN) 26 th April | 2019 | Friday | 7:08:55 PM
(Nepal) 26 th April | 2019 | Friday | 3:53:55 PM
 

जुलिअन असान्जलाई रिहा गर ! बेलायतद्धारा विकिलिक्स संस्थापक असान्ज पक्राउ

  POSTED ON : Friday, 12 April, 2019 | Views : 102

जुलिअन असान्जलाई रिहा गर ! बेलायतद्धारा विकिलिक्स संस्थापक असान्ज पक्राउ


एजेन्सी ।

अमेरिका सहित विश्वका शक्तिशालि देशका गोप्य सूचना प्रकाशन प्रसारणमा ख्याति कमाएको विकिलिक्सका संस्थापक जुलिअन असान्जलाई बेलायतले पक्राउ गरेको छ ।

गोप्य दस्ताबेजहरू इन्टरनेट मार्फत सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका संस्थापक मध्येका प्रमुख जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बेलायत प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकाले पक्राउ गरेर बुझाउन बेलायतसँग सहयोग माग गरेपछि असान्ज सन् २०१२ देखी ईक्वेडरको राजदूतावासमा शरण लिएर बसेका थिए ।

जालसाँजीपूर्ण यौन दुर्व्यवहारसम्बन्धी मुद्दा लगाएर स्वीडेन सुपुर्दगी गरिन खोजिएपछि उनी सन् २०१२ देखि एक्वेडोरको दूतावासमा बसिरहेका थिए । तर उनिबिरुद्ध लगाईएको त्यस्तो झूठो मुदा भने फिर्ता भईसकेको छ ।

लन्डनको मेट्रोपोलिटन प्रहरीले जुलिअन असान्जलाई हिरासतमा लिइएको पुष्टि गरेको छ । असान्जलाई अदालतसमक्ष उपस्थित गराईने प्रहरीले बताएको छ ।

एक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले भने जुलिअन असान्जले अन्तर्राष्ट्रिय मान्यताहरू उल्लङ्घन गरेपछि उनलाई दिइएको शरणार्थीको मान्यता फिर्ता लिएको जिकिर गरेका छन् ।

तर बेलायतकै सञ्चार माध्यमहरुले बेलायतले मोरेनोलाई असान्जको पक्राउमा सहयोग गर्न मनाएपछि उनले शरणार्थीको मान्यता फिर्ता दिएर पक्राउमा सघाएको उल्लेख गरेका छन् ।

विकिलिक्सले समेत आफ्नो आधिकारिक ट्विटमा इक्वेडोरले असान्जको राजनीतिक शरणार्थीको ‍मान्या रद्द गर्ने कार्य गैरकानुनी भएको बताएको छ ।

अन्तर्राष्ट्रिय कानुन विपरीत ईक्वेडरले असान्जलाई दिएको राजनीतिक शरण रद्द गरेको विकिलिक्सले जनाएको छ ।