(JAPAN) 21 st July | 2019 | Sunday | 8:57:41 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:42:41 AM
 

जापानमा विश्वमै पहिलो पटक युद्ध बिमान दुर्घटना, बिमानको टुक्रा भेटियो पाँच जना अझै बेपत्ता

  POSTED ON : Thursday, 11 April, 2019 | Views : 1173

जापानमा विश्वमै पहिलो पटक युद्ध बिमान दुर्घटना, बिमानको टुक्रा भेटियो पाँच जना अझै बेपत्ता


टोकियो, जापान ।

जापानको रक्षा मन्त्रालयले मंगलबार भएको लडाकु जेट बिमान दुर्घटनामा परि बिमानमा रहेका पाँच जना सम्पर्क विहिन रहेको पुष्टि गरेको छ ।

लडाकु जेट एफ ३५ ए बिमान विश्वमै पहिलो पटक दुर्घटना भएको जनाउँदै मन्त्रालयले विमानको भग्नावशेष भने बिहिबार प्रशान्त महासागरमा भेटिएको जनाएको छ ।

अभ्यासको क्रममा भएको दुर्घटनाको अनुसन्धान थालिएको समाचारमा जनाईएको छ ।

लामो समयसम्म उडान भर्न र आकासमै रोकिएर रहन सक्ने क्षमताको अत्याधुनिक मानिएको यो युद्ध बिमान अमेरिकामा निर्माण भएको हो ।

अमेरिकामा निर्माण भएपनि यो बिमान जापान, बेलायत, दक्षिण कोरिया सहित ९ देशसँग मिलेर बिकास गरेको हो ।

यद्यपी दुर्घटनामा परेको लडाकु जेट बिमान भने जापानमानै एसेम्बल जडान गरिएको थियो ।

जापानले आगामी १० बर्ष भित्रमा १ सय ४७ यस्ता युद्ध जेट बिमान खरिद गर्ने योजना बनाएको छ ।

यो दुर्घटनापछि विपक्षि दलहरुले संसदमा यसको सुरक्षा सहित खरिदको विषयमा सरकारलाई सचेत गराउने ठानिएको छ ।

गत डिसेम्बर महिनामा पारित राष्ट्रिय रक्षा कार्यक्रम अन्र्तगत जापानको रक्षा मन्त्रालयले आगामी पाँच बर्ष भित्रमा २७ यस्ता लडाकु बिमान अमेरिकासँग खरिद गर्ने निर्णय गरिसकेको छ ।

एउटा एफ ३५ ए लडाकु जेट बिमानको मुल्य १० करोड डलर भन्दा बढी पर्दछ ।