(Japan) 29 th March | 2024 | Friday | 1:55:47 PM || (Nepal) 10:40:47 AM
 
 


जापानले लगायो उत्तर कोरियामाथि दुई बर्ष यस्तो प्रतिबन्ध

  POSTED ON : Wednesday, 10 April, 2019 | Views : 2644

जापानले लगायो उत्तर कोरियामाथि दुई बर्ष यस्तो प्रतिबन्ध


टोकियो ।

जापानले उत्तर कोरियामाथि लगाउँदै आएको व्यापार सहित अन्य प्रतिवन्धलाई थप दुई बर्ष बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको मन्त्रिमण्डलले मंगलबार उत्तर कोरियामाथिको प्रतिवन्ध बढाउने निर्णय गरेको हो ।

जापानले उत्तर कोरियामाथि लगाएको व्यापार प्रतिवन्ध आगामी शनिवार समाप्त हुन लागेको थियो ।

यसको साथै उत्तर कोरियाली जहाँज तथा उत्तर कोरियामा अवतरण भएर आउने सबै बिदेशी जहाँजलाई जापानी बन्दरगाह आउन रोक लगाईएको प्रतिवन्ध समेत शनिवार सकिंदै थियो ।

यस्तो प्रतिवन्ध जापानले सन् २००६ मा उत्तर कोरियाले परमाणु परिक्षण तथा व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि लगाएको थियो ।

जुन जापानले एकपक्षिय रुपमा उत्तर कोरियामाथि लगाएको आर्थिक तथा अन्य नाकाबन्दीहरु मध्येको एक हो ।