(Japan) 29 th January | 2020 | Wednesday | 5:14:02 AM || (Nepal) 1:59:02 AM
 
 

जापानको दक्षिणपश्चिम टापुमा ज्वालामुखी विस्फोट

  POSTED ON : Sunday, 12 January, 2020 | Views : 7412

जापानको दक्षिणपश्चिम टापुमा ज्वालामुखी विस्फोट


टोकियो, जापान ।

जापानको दक्षिणपश्चिममा रहेको एक टापुमा शनिवार ज्वालामुखी विस्फोट भएको छ ।

जापानको मौसम सम्वन्धि संस्था मेटोरोलोजिकल एजेन्सीले आईतबार माउण्ट सिन्ताके नजिक कुचिनोईराबु टापुमा ज्वालामुखी विस्फोट भएको जनाएको छ ।

एजेन्सीका अनुसार कागोसिमा प्रिफेक्चरमा पर्ने सो टापुमा शनिवार अपरान्ह ३ बजेको समयमा चट्टान र धुवाँको मुस्लो सहित ज्वालामुखी विस्फोट भएको थियो । ज्वालामुखी विस्फोटबाट कुनैपनि मानविय तथा भौतिक क्षति भने पुगेको छैन ।

अधिकतम पाँच स्तर मध्ये तेस्रो स्तरको ठूलो ज्वालामुखी भएको बताईएको सो क्षेत्र वरपर करिव १ सयको संख्यामा रहेका स्थानियलाई सूरक्षित उपाय अपनाउन भनिएको छ ।

थप ज्वालामुखीको सम्भावना रहेकाले उक्त टापुको वरपर नजान सूचना जारि गरिएको छ ।