(Japan) 26 th February | 2020 | Wednesday | 4:18:09 PM || (Nepal) 1:03:09 PM
 
 

जापानको आओमोरीमा ५.५ रेक्टरको भूकम्प, थप भूकम्पको चेतावनी-सुनामी खतरा छैन

  POSTED ON : Friday, 20 December, 2019 | Views : 796

जापानको आओमोरीमा ५.५ रेक्टरको भूकम्प, थप भूकम्पको चेतावनी-सुनामी खतरा छैन


टोकियो, जापान ।

जापानको आओमोरी प्रिफेक्चर केन्द्र भएर अधिकतम ७ रेक्टर स्केल मापन गरिएको भूकम्प गएको छ ।

सामुन्द्रिक सतहभन्दा करिव ५० किलोमिटर तल गएको भूकम्पको मापन अधिकतममा ७ रेक्टर मापन हुँदा ५.५ रेक्टर निर्धारण गरिएको जापानको मेटोरोलोजिकल एजेन्सीले जनाएको छ ।

भूकम्पका कारण कुनैपनि भौतिक तथा मानविय क्षति नभएको प्रिफेक्चर अधिकारीहरुलाई उदृत गर्दै जापान टुडे अनलाईनले समाचार प्रकाशित गरेको छ ।

भूकम्पका कारण सुनामीको खतरा नदेखिएको र सो क्षेत्रमा रहेका परमाणु उर्जाकेन्द्रहरुमा कुनैपनि क्षति नपुगेको परमाणु प्रतिष्ठानहरुले बताएका छन् ।

भूकम्प मापन एजेन्सीले आफ्नो वेवसाईटमा उल्लेख गरे अनुसार भूकम्प बिहिबार अपरान्ह ३ बजेर २१ मिनेटमा गएको थियो ।

मौसम एजेन्सीका अधिकारी मासाकी नाकामुराले बिहिबारको भूकम्पपछि सो क्षेत्रमा पहिरोको खतरा भने बढेको छ ।

भूकम्प ८ बर्ष पहिले पूर्वी जापानमा गएको बिनासकारी भूकम्पको बचेखुचेको शक्ति सञ्चयबाट भएको एजेन्सीका अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुका अनुसार आगामी साताभित्रमा ५ रेक्टर स्केल क्षमता बराबरको केही भूकम्प जानसक्ने सम्भावना रहेकाले सचेतता अपनाउन अधिकारीहरुले सुझाव दिएका छन् ।