(Japan) 26 th February | 2020 | Wednesday | 4:20:18 PM || (Nepal) 1:05:18 PM
 
 

ताईफुबाट प्रभावित यि क्षेत्रमा शुक्रबार साँझबाट शनिबार रातीसम्म भारी बर्षा हुँदै, सचेत रहनुहोला

  POSTED ON : Friday, 18 October, 2019 | Views : 642

ताईफुबाट प्रभावित यि क्षेत्रमा शुक्रबार साँझबाट शनिबार रातीसम्म भारी बर्षा हुँदै, सचेत रहनुहोला


टोकियो, जापान ।

शुक्रबार रातीदेखी शनिबार दिनभर हागीबिस ताईफुबाट प्रभावित मध्य जापान सहित पूर्वी र उत्तरपूर्वी जापानमा भारी बर्षा हुने भएको छ ।

जापानका मौसम अधिकारीहरुका अनुसार आज र भोली कान्तो र तोहोकु क्षेत्रमा भारी बर्षा हुनेछ ।


कतै खतरा कतै गम्चिर चेतावनी


कान्तो क्षेत्र अन्र्तगत गुन्मा, तोचिगी, ईबाराकी, साईतामा, खानागावा, चिबा र टोकियोमा भारी बर्षाको सम्भावना रहेको छ ।

मध्य टोकियो क्षेत्रमा १ सय ५० मिलिमिटरसम्म भारी बर्षाको सम्भावना रहेको र यसले खतराको स्तरमा जल क्षेत्रमा पानीको सतह बढाउने मौसम अधिकारीहरुले बताएका छन् ।

बर्षाका कारण खोला, तथा समुन्द्र किनार पानीको सतह बढ्ने र यसअघि ताईफुबाट प्रभावित क्षेत्रमा थप बिपत्ति निम्त्याउन सक्ने भन्दै अधिकारीहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विशेषगरी ताईफुबाट क्षती पुगेको क्षेत्रमा बढी असर पार्नसक्ने भएकाले सजक रहन मौसम अधिकारीहरुले सुझाव दिएका छन् ।

यसैगरि निगाता क्षेत्रमा १ सय मिलिमिटरसम्म भारी बर्षा हुँदा नागानो क्षेत्रमा १ सय ५० मिलिमिटरसम्म बर्षा हुने अनुमान गरिएको छ ।


यि क्षेत्रमा उच्च खतरा 


बाढी र पहिरोको जोखिम निम्त्याउँदै उच्च खतराको स्तरमा मुसलधारे बर्षा हुने भन्दै मौसम अधिकारीहरुले नारा, नागोया, शिजुओखा र गिफु क्षेत्रको लागि उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

ओसाका, क्योतो, ओचु र कोफु क्षेत्रको केही भागमा समेत भारी बर्षाको सम्भावना रहेको मौसम अधिकारीहरुले पुर्वानुमान लगाएका छन् ।

मेटोरोलोजिकल एजेन्सीले विशेषगरि शिजुओखा, मध्य जापानमा शनिवार खतरा निम्त्याउने स्तरमा भारी बर्षा हुने बताएका छन् ।

कान्तो कोसिन क्षेत्रमा शनिवार बिहानबाट मुसलधारे बर्षा हुनुका साथै ईजु द्धिप र सिजुओखा प्रिफेक्चरमा शनिवार बिहानबाट मध्यरातसम्म भारी बर्षाको सम्भावना रहेको छ ।

७७ जनाको ज्यान लिंदै सयौं घाईते र करिव १ दर्जन व्यक्ति अझै बेपत्ता बनाएको बिनासकारी ताईफु प्रभावित क्षेत्रमानै भारी बर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन मौसम अधिकारीहरुले सचेत गराएका छन् ।

उद्दार तथा राहतसँगै पुर्ननिर्माणको काम भईरहँदा भारी बर्षाले प्रभावित क्षेत्रमा पुर्ननिर्माणको काममा अवरोध पुर्याउनुका साथै बाढी र पहिरोको थप समस्या बढाउने चिन्ता अधिकारीहरुले गरेका छन् ।