(Japan) 28 th March | 2024 | Thursday | 5:23:43 PM || (Nepal) 2:08:43 PM
 
 


आँधीका कारण जापानमा ४० जनाको मृत्यु-१७ बेपत्ता, कम्तिमा २ सयजना घाईते

Deepak Gautam   POSTED ON : Monday, 14 October, 2019 | Views : 2581

आँधीका कारण जापानमा ४० जनाको मृत्यु-१७ बेपत्ता, कम्तिमा २ सयजना घाईते


टोकियो, जापान ।

बिनासकारी ताईफु आँधीका कारण जापानमा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

समाचारसंस्था क्योदोका अनुसार अझै १७ जना बेपत्ता छन् । घाईतेको संख्या २ सय बढी रहेको क्योदोन्युजले आफ्नो वेवसाईटमा उल्लेख गरेको छ ।

शनिबार र आईतवार आएको आँधीमा परि जापानको चिवा, खानागावा, मियाजाकी, फुकुसिमा, नागानो, इबाराकी, तोचिगी, साइतामा, सिजुओखा, गुम्बा लगायत ठाउँमा गरी सोमबार दिउँसो २ बजेसम्ममा ४० जनाको मृत्यु भएको पुष्टि अधिकारीहरुले गरेको यहाँको सार्वजनिक समाचार संस्था एनएचकेले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

जापानी आधिकारीहरुका अनुसार फुकुसिमा केनमा सबै भन्दा बढी १२ जनाले ज्यान गुमाएका छन् । त्यसै गरी मियाजाकी केनमा ८ र खानागावा, गुम्बा र तोचिगीकेनमा ४ ४ जनाको मृत्यु भएको छ ।

फुकुसिमा, खनागावा लगाएत ६ वटा केनमा अझै १७ जना बेपत्ता छन । 

आँधीका कारण घाइते भएका २ सय बढीको बिभिन्न अस्पतालमा उपचार भईरहेको समाचारमा जनाइएको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी रहँदा सोमबार बिहानैबाट आँधी प्रभावित क्षेत्रमा फेरी पानी पर्न थाल्दा उद्दारमा समस्या थपिएको अधिकारीहरुले बताएका छन् ।

आँधीका कारण कम्तिमा ३८ हजार व्यक्तिले आफ्नो घर छाड्न बाध्य भएको र उनिहरुलाई स्थानिय सरकारले अस्थाई आश्रय स्थलमा राखेको छ ।

सोमबार मध्यान्हसम्ममा ८ हजार बढी घरमा विद्युत् आपुर्ती बन्द रहेको र विद्युत् आपुर्ति सहज बनाउन २४ सै घण्टा काम भईरहेको छ ।

नागानो, फुकुसीमा, ईबाराकी सहित अन्य तीनवटा प्रिफेक्चरका २१ वटा खोलामा पानीको बहाव उच्च भएर मानव वस्तीमा पस्दा ठूलो भाग जलमग्न भएको छ ।

यो बर्षको १९ औं आँधीको रुपमा आएको ताईफुले मध्य जापानको राजधानी टोकियो सहित ११ वटा प्रिफेक्चरलाई नराम्ररी प्रभावित बनाएको छ ।

अहिलेसम्म जापानमा रहेका नेपालीहरु रहेको स्थानमा बाढी, ताईफुले क्षती पुर्याएको सहित व्यापार, व्यवसाय, अध्ययन र दैनिकीमा असर पारेपनि मानवीय क्षतीको कुनैपनी विवरण प्राप्त नभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सम्बन्धित सामग्री: