(Japan) 29 th March | 2024 | Friday | 2:32:01 PM || (Nepal) 11:17:01 AM
 
 


जापानमा विध्वंसक आँधी ! शनिवार रेल र हवाई उडान बन्द हुने-नागरिकलाई ज्यान जोगाउन सुझाव

Jack Khadka   POSTED ON : Friday, 11 October, 2019 | Views : 5943

जापानमा विध्वंसक आँधी ! शनिवार रेल र हवाई उडान बन्द हुने-नागरिकलाई ज्यान जोगाउन सुझाव


टोकियो, जापान ।

बिनासकारी ठानिएको हागीबिस नाम गरेको आँधी ताईफु आउनुअघि नै जापानको मुख्य बिमानस्थल नारिता र हानेदा शनिवार बन्दको घोषणा गरिएको छ ।

जापानका मौसम अधिकारीहरुले ताईफुले शुक्रबार रातीबाटै बिनासकारी रुप देखाउने भन्दै नागरिकहरुलाई सम्भावित क्षेत्रमा शनिवार ज्यान जोगाएर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

जापानको मुख्य रेल सेवा कम्पनी जेआरले शुक्रबार रातीबाटै बुलेट रेलसेवा अवरुद्ध हुनसक्ने जनाएको छ । टोकियो महानगर क्षेत्रमा शनिवार बिहानबाट आईतबार अपरान्हसम्म रेलसेवा बन्द हुन सक्ने जनाएको छ ।

उसले शनिवार बिहान ९ बजेबाट आईतबार अपरान्हसम्म भने बुलेट रेल बन्द हुने सूचनामा उल्लेख गरेको छ ।

यद्यपी जेआरले ताईफुको असर शुक्रबार राती १० बजेबाटनै रेल सेवामा पर्ने भएकाले शुक्रबार रातीबाटै रेल सेवा प्रभावित हुनसक्ने बताएको छ ।

आईतबार अपरान्हसम्म रेलसेवा ठप्प हुने बताएको जेआरले कतिखेर खुल्ला हुने भन्ने केही जनाएको छैन ।

टोकियो सहित नागोयामा पनि शनिवार सम्पूर्ण रेलसेवा बन्द हुने भएका छन् ।

नागोया र सिन ओसाका बिचको क्षेत्रमा शनिवार बिहान केही रेलसेवा सञ्चालनको योजना रहेपनि मौसममा भरपर्ने बताईएको छ ।

सिन ओसाका र ओकायामा क्षेत्रमा सञ्चालन हुने सबै रेलसेवा शनिवार पूर्ण रुपमा बन्द हुनेछन् ।

यसैगरि जापानको राजधानी टोकियो नजिकका हानेदा र नारिता मुख्य बिमानस्थल शनिवार पूर्ण रुपमा बन्द हुने भएको छ ।

बिमानस्थल प्रशासनलेनै शुक्रबार रातीबाटै उडानहरु अवरुद्ध हुने जनाएको छ ।

शुक्रबार रातीदेखी शनिवार र आईतबार अपरान्हसम्ममा गरेर हालसम्म १५ सय उडान रद्दको अनुमान गरिएको छ ।

जापानी बिमान कम्पनी एएनएले हानेदा र नारिताबाट शनिवार हुने आफ्ना सबै उडान बन्दहुने जनाएको छ ।

यसैगरि नागोया र ओसाकाबाट हुने हवाई उडान समेत बन्दको घोषणा कम्पनीले गरेको छ ।

नागोया र ओसाकाबाट हुने आन्तरिक उडानहरु समेत अधिकाशं शनिवार बन्द हुनसक्ने  जनाउँदै एएनए कम्पनीले यात्रुहरुलाई उडानको समयमा यात्रामा निक्लनुअघि अनिवार्य रुपमा आफ्नो बिमान उडानको अवस्थाबारे बुझ्न अनुरोध गरेको छ ।

जापान एयरलाईन्स जलले पनि हानेदा र नारिताबाट शनिवार कुते आफ्नो सम्पूर्ण हवाई उडान बन्द हुने जनाएको छ ।

जलले नोगाया र कान्साई अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने अधिकाशं अन्तर्राष्ट्रिय उडान समेत शनिवार रोकिनसक्ने जनाएको छ ।

यसैगरि हानेदा, नारिताबाट हुने सबै आन्तरिक उडान बन्द हुने जनाउँदै जलले नागोया, ओसाका र कान्साई बिमानस्थलबाट हुने आन्तरिक उडान पनी बन्द हुनसक्ने जनाएको छ ।

सम्बन्धित सामग्री: