(JAPAN) 16 th October | 2019 | Wednesday | 7:16:11 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:01:11 PM
 

जापानमा शक्तिशाली ताईफु 'हागिबिस'ले टोकियो ठप्प पार्दै-बिध्वंस निम्त्याउने चेतावनी

  POSTED ON : Wednesday, 09 October, 2019 | Views : 19471

जापानमा शक्तिशाली ताईफु 'हागिबिस'ले टोकियो ठप्प पार्दै-बिध्वंस निम्त्याउने चेतावनी


टोकियो, जापान ।

राजधानी टोकियो र आसपासको क्षेत्रलाई ठप्प पार्नेगरि जापानमा यस सिजनको १९ औं आँधी हागिबिसले शुक्रबारबाट असर गर्ने भएको छ ।

जापानको मौसम एजेन्सी मेटोरोलोजिकल एजेन्सीका अनुसार शुक्रबार साँझबाट हामामाचु र नागोया सहित सिजुओखा क्षेत्रमा ताईफु हागिबिसले बिध्वंश निम्त्याउने चेतावनी जारी गरिएको छ ।

तिब्रगतिको हावाहुरी सहित मुसलधारे बर्षा गराउने ताईफु हागिबिसले बुधवार साँझबाट ओगासावारा द्धिपमा असर पार्न थालेको छ ।

ठूलो क्षेत्रमा असर गर्ने ताईफु हागिबिस् प्रतिघण्टा २ सय किलोमिटरको गतिमा जापानको मुख्य भुभागतर्फ अघि बढिरहेको छ ।

मौसम अधिकारीहरुले ताईफु हागिबिसले बिध्वंश निम्त्याउने चेतावनी जारी गर्दै ताईफुको मुख्य बाटो भएको क्षेत्रमा सचेतता अपनाउन आग्रह गरेका छन् ।

भारी बर्षा सहित तिब्रगतिको हावाहुरीले बाढी र पहिरो निम्त्याउनुका साथै सामुन्द्रिक क्षेत्रमा पानीको छालले ठूलो भौतिक क्षती पार्नसक्ने भएकाले जोखिमका क्षेत्रमा सुरक्षाको तयारी गर्न सरकारी अधिकारीहरुले आग्रह गरेका छन् ।

मध्य जापान क्षेत्रमा शनिवार बिहानबाट सोमबार बिहानसम्म गम्भिर असर पार्ने हागिबिस् ताईफुले निम्न क्षेत्रमा ठूलो असर पार्नेछ


मध्यम असर

ओसाकाको केही भुभाग शुक्रबार मध्यरातबाट शनिवार अपरान्हसम्म


गम्भिर असर शनिवार साँझबाट आईतबार अपरान्हसम्म ठप्प पार्ने

नागोया, हामामाचु, सिजुओखा शनिवार बिहानबाट आईतबार अपरान्हसम्म


उच्च स्तरको गम्भिर असर शनिवार अपरान्हबाट आईतबार ठप्प हुने अनुमान

टोकियो, योकोहामा, खावासाकी शनिवार अपरान्हबाट आईतबार साँझसम्म


गम्भिर असर शनिवार साँझबाट आईतबार रातीसम्म ठप्प पार्ने अनुमान

माएबासी, उचुनोमिया, ईवाकी देखी सेन्दाई सम्म