(Japan) 20 th April | 2024 | Saturday | 7:16:46 AM || (Nepal) 4:01:46 AM
 
 


विदेशी विद्यार्थी चेकजाँच कसिलो पार्दै जापानी विश्वविद्यालय

  POSTED ON : Saturday, 25 September, 2021 | Views : 3964

विदेशी विद्यार्थी चेकजाँच कसिलो पार्दै जापानी विश्वविद्यालय


टोकियो, जापान ।

जापानका प्रमुख विश्वविद्यालयहरुले नागरिक–सैनिक प्रविधिको अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरुको पृष्ठभूमि चेकजाँच कसिलो बनाउने भएका छन् । क्योदो न्यूजले बिहिबार गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले जुनमा सैनिक प्रयोजनमा प्रयोग हुन सक्ने प्रविविधहरुको निर्यातमा कठोर नियन्त्रण गर्न योजना घोषणा गरेपछि संवेदनशील जानकारीहरु जापानबाट बाहिरिन नदिन यस्तो प्रयास गर्न लागिएको हो । विदेशी सरकारको उच्च प्रभावमा रहेका विद्यार्थीहरुले यस्ता खालका अनुसन्धानमा काम गर्न उद्योग मन्त्रालयको अुनमति लिनु पर्नेछ ।

सर्वेक्षणमा ५६ ओटा विश्वविद्यालयबाट उत्तर संकलन गरिएको थियो । यिनीहरुमा चिनियाँ विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान सम्झौता गरेका विश्वविद्यालयहरु समेत थिए । सर्वेक्षणमा सहभागी भएका विद्यालयमध्ये ३१ ओटाले आफूले विद्यार्थीको पृष्ठभूमि चेकजाँच गरिरहेको वा गर्ने योजना बनाएको बताएका थिए ।

उनीहरुले विदेशी विद्यार्थीहरुले पढेका विद्यालय र काम गरेका कम्पनीहरुबारे चेक गर्न थालेका छन् । केही विश्वविद्यालयहरुले विद्यार्थीहरुलाई सेनासँग सम्बन्धित काम गर्ने इच्छा छ कि छैन भनेर समेत सोधेका थिए । केहीले भने विद्यार्थीले अनुसन्धानका लागि कहाँबाट पैसा प्राप्त गरे भन्नेबारे विवरण खुलाउन भनेका थिए ।

यस अघि कयौं विद्यालयहरुले अन्तिम पटक विद्यार्थीहरुले पढेको विद्यालयबारे मात्रै सोध्थे । गत वर्षको मेसम्ममा जापानमा करीब २ लाख ८० हजार विदेशी विद्यार्थी थिए ।

यीमध्ये चिनियाँ विद्यार्थीको अनुपात ४० प्रतिशत थियो । जापानले अहिले कृत्रिम बौद्धिकता जस्ता सेनासँग सम्बन्धित एपमा दोहोरो प्रयोग हुने प्रविधिमा विदेशी विद्यार्थीले गर्ने अनुसन्धान र अनुसन्धाताबारे कठोर नियम बनाएको छैन ।

सम्बन्धित सामग्री: