(Japan) 29 th March | 2024 | Friday | 3:57:16 PM || (Nepal) 12:42:16 PM
 
 


जापानको एक विश्वविद्यालयले आफ्ना सबै नयाँ विद्यार्थीको पीसीआर परीक्षण गर्ने

  POSTED ON : Monday, 05 April, 2021 | Views : 3794

जापानको एक विश्वविद्यालयले आफ्ना सबै नयाँ विद्यार्थीको पीसीआर परीक्षण गर्ने


क्योतो, जापान ।

जापानको क्योतो सांग्यो विश्वविद्यालयले छात्रावासमा प्रवेश गर्ने सबै नयाँ विद्यार्थीहरूको लागि पीसीआर परीक्षण सुरुवात गरेको छ ।

क्योतो सांग्यो युनिभर्सिटि, जुन विश्वविद्यालयमा नयाँ कोरोना भाइरसको लागि पीसीआर परीक्षण गर्न सक्ने सुविधा रहेको छ, यसले संक्रमणको प्रसारलाई रोक्नको लागि सबै नयाँ विद्यार्थीहरूलाई छात्रावासमा परीक्षण गर्न शुरू गरेको छ ।

क्योतो शहरमा स्थित क्योतो सांग्यो विश्वविद्यालयले क्याम्पसमा एउटा सुविधा कक्ष स्थापना गरेको छ जुन गत वर्ष अक्टोबरमा पीसीआर परीक्षणको अनुमति प्राप्त रहेको छ र त्यहाँ विद्यार्थी र संकाय सदस्यहरूका लागि दैनिक ४० भन्दा बढी पीसीआर परीक्षण गरिन थालिएको छ ।

युनिभर्सिटीले छात्रावासमा रहेका करीव २०० नयाँ विद्यार्थीहरूको लागि सुरुवातमा पीसीआर परीक्षण सुरू गरेको र प्रत्येक विद्यार्थीले एउटा विशेष कन्टेनरमा र्याल राखेर पेश गर्नेछन् ।

विश्वविद्यालयले सामुहिक संक्रमणको प्रसार रोक्न यस्तो उपाय अपनाएको बताएको छ ।

क्योतो सांग्यो युनिभर्सिटीमा गत महिनाको स्नातक समारोह पछि विद्यार्थीहरूले आयोजना गरेको एउटा भोज मार्फत सामुहिक संक्रमण भएको पाईएको थियो । विश्वविद्यालयले नियमित रूपमा विद्यार्थीहरूमा पीसीआर परीक्षणहरू सञ्चालन गर्दै आएको र यसलाई जारी राख्ने जनाएको छ । विश्वविद्यालयले सामाजिक जमघटहरू गर्नबाट रोक्न विद्यार्थीहरुमा आह्वान समेत गरिरहेको जनाएको छ ।

सम्बन्धित सामग्री: