(Japan) 19 th April | 2024 | Friday | 12:49:11 PM || (Nepal) 9:34:11 AM
 
 


जापान सार्वजनिक फोन बूथ क्रमश हटाउँदै

  POSTED ON : Saturday, 30 January, 2021 | Views : 1620

जापान सार्वजनिक फोन बूथ क्रमश हटाउँदै


टोकियो, जापान ।

सार्वजनिक स्थानमा राखिएका टेलिफोन बूथ प्रयोग नगर्नुभएको कति भयो ? वा तपाईंले जापान आएपछि कहिल्यै यि सार्वजनिक फोन बुथ प्रयोग गर्नुभएको छ ? सायद कतिले अहिलेसम्म गर्नुनै भएको छैन होला भने गर्नुहुनेले पनि महिनौं वा बर्षौं भईसकेको हुनसक्छ यसको सदुपयोग नगर्नुभएको छ । जापान मात्र होईन यस्ता सार्वजनिक फोन बूथहरु हातेफोन अर्थात् मोबाईल आउनु अघि पे–फोन निकै उपयोगी थिए । यी बूथ सर्वव्यापी थिए भन्दा पनि हुन्छ ।

शहरी क्षेत्रमा हरेक ५०० वर्गमिटर र अन्य क्षेत्रमा हरेक एक किमिमा सार्वजनिक पे फोन बूथ जडान हुनु पर्छ भनेर वर्तमान नियमनमा नै उल्लेख गरिएको छ । अहिले जापानभर करीब १ लाख १० हजार पे फोन जडान छन् ।

तर विगत २० बर्षको तथ्यांक हर्ने हो भने पछिल्लो २ वर्षमा यिनीहरूको प्रयोग पहिला हुने गरेको भन्दा २ प्रतिशत पनि छैन । मानिसहरुको हातहातमा फोन छन् । यस्तोमा सार्वजनिक फोन बूथ प्रयोग बिहिन हुन थालेका छन् ।

वर्तमान परिस्थितिलाई दृष्टिगत गरेर सरकारले पे फोनको संख्या कम गर्ने अनि विद्यमान पे फोनहरूलाई आपतकालका बेलामा प्रयोग गरिने आश्रयस्थलहरूमा सार्नेबारे विचार गरिरहेको छ ।

यसबारे आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका र्योटा ताकेदाले सूचना तथा सञ्चार विभागसँग परामर्श गरेर निर्णय गर्ने बताइएको छ । निर्णय जुनसम्ममा हुने अनुमान छ ।

सम्बन्धित सामग्री: