(Japan) 28 th March | 2024 | Thursday | 5:59:36 PM || (Nepal) 2:44:36 PM
 
 


विषाक्त खानाले साईतामा विद्यालयका ३५ सय शिक्षक विद्यार्थीमा झाडापखाला

Sajina Moktan   POSTED ON : Friday, 03 July, 2020 | Views : 3946

विषाक्त खानाले साईतामा विद्यालयका ३५ सय शिक्षक विद्यार्थीमा झाडापखाला


साईतामा, जापान ।

साईतामा प्रिफेक्चरमा बिसाक्त खानाले ३५ सयजना भन्दा धेरै बिद्यार्थी र शिक्षकहरु बिरामी परेका छन ।

साईतामाको यासिओका एक दर्जन भन्दा बढी सार्वजनिक बिद्यालयहरुमा आम रुपमा खाना खराब पर्दा प्रकोपको रुपमा हजारौमा झाडापखाला र पेट दुखाइको समस्या देखिएको हो । 

साईतामा प्रिफेक्चरका अधिकारिहरुले बिहीबार शहरको १५ वटा सार्वजनिक ‘इलिमेन्टरी’ बिद्यालयमा बिसाक्त खानाले ९२ हजार ब्यक्ति प्रभाबित बनेको बताएका छन ।

अधिकारिहरुले विद्यालयका ३४ सय ५३ जना शिक्षक र बिद्यार्थी बिरामी भएको पुष्टि गरेका छन ।

‘टिक्युसी कोअपरेटिभ’ नामको ‘लन्च’ आपुर्ती गर्ने कम्पनिको खाना खाएकाहरु बिरामी भएको पाइएको जापानी समाचार सस्थाहरुले खबर प्रकाशित गरेका छन ।

बिरामी हुनेहरुमा २ हजार बढी जना ‘ईलिमेन्टरी स्कुल’ र १ हजार बढी ‘मिडल स्कुल’ का बालबालिकाहरु छन ।

प्रिफेक्चरले घटनाको अनुसन्धान थालिसकेको स्पस्ट पारेको छ ।

तर यसबारेमा बिसाक्त खाना आपुर्ती गरेको कम्पनिका अधिकारिहरुभने संपर्कमा आउन नमानेको रोयटर्स समाचार सस्थाले जनाएको छ ।

सम्बन्धित सामग्री: