(Japan) 29 th March | 2024 | Friday | 1:40:11 PM || (Nepal) 10:25:11 AM
 
 


कोरोनाले स्कुल बिदा हुँदा १३ वर्षिया जापानी बालिकाले अनाथलाई बाड्न आफ्नै खर्चमा ६ सय मास्क सिलाएर सरकारलाई दिइन्

  POSTED ON : Tuesday, 24 March, 2020 | Views : 3176

कोरोनाले स्कुल बिदा हुँदा १३ वर्षिया जापानी बालिकाले अनाथलाई बाड्न आफ्नै खर्चमा ६ सय मास्क सिलाएर सरकारलाई दिइन्


टोकियो, जापान ।

जापानमा स्कूलको एक छात्राले आफ्नै हातले ६ सय १२ पिस मास्क बनाएकी छिन् ।

हिम ताकिमोतोले आफ्नै हातले बनाएको मास्क राखिएको एउटा बाकस मार्च १७ मा प्रान्त सरकारको मुख्यालय यामानाशी सरकार कोटरो नागासाकीलाई हस्तान्तरण गरेकी छिन् ।

कोफु ‘ए’ हाई स्कुलकी छात्राले आफूले बचत गरेर राखेको ८० हजार जापानी येनबाट मास्क बनाउन आवश्यक सामग्रीहरू किनेर ति सामग्रीबाट ६ सय १२ पिस मास्क हातैले बनाएकी थिइन् ।

उनले कोरोनाभाइसको संक्रमणका कारण अभावग्रस्त वृद्ध/वृद्धा, अनाथ र अन्यलाई सहयोग पुर्‍याउन सो मास्क बनाएको बताएकी छिन् । 

१३ वर्षीया हिम तकिमोतो यामानाशी मोडेल जुनियर हाई स्कूल विश्वविद्यालयको पहिलो-वर्षकी विद्यार्थी हुन् । उनी आफै मार्च १७ मा कोफुको यामानशी प्रान्त सरकारको मुख्यालयमा गएर हस्तनिर्मित मास्क यामानाशी सरकार कोटरो नागासाकीलाई हस्तान्तरणलाई गरेकी हुन् ।

“मलाई आशा छ कि यी मास्कहरू सकेसम्म धेरै व्यक्तिहरूले प्रयोग गर्ने छन," उनले भनिन् । जुन मास्कहरू वृद्धहरूका लागि र अनाथ तथा बेवास्ता बच्चाहरूको लागि घर सहित आवश्यकता पर्ने सुविधाहरूमा बाँड्नुहोला उनले अनुरोध पनि गरिन् । 

हिमले उनको आफ्नै ८० हजार जापानी येन मात्र खर्च गरेनन् फेब्रुअरीको अन्तदेखि मास्कको लागि सामग्री किन्न र उनीहरुलाई दिनको ५ घण्टा सम्म समय समेत मेहनत गरेकी थिइन् 

उनले कोरोनाभाइरसको कारण बन्द भएको स्कुलको समयको सहि प्रयोग गरेर यस्तो परोपकारी काम गरेकी हुन् । हातैले बनाएको मास्कलाई उनले बजारमा बेचिने मास्क जसरिनै छुट्टा छुट्टै प्याक समेत गरेकी छिन् ।

व्यक्तिगत रूपमा सन्देशको साथ ऊनी भन्छिन् “तपाइँको हात राम्रो संग साबुन पानीले धुनुहोस् र मिहेनतका साथ ख्याल गर्नुहोस्।"

“मलाई त्यति सिलाई गर्न त आउँदैन तर पनि मैले मानिसहरुको उपयोग र उनीहरूलाई दिन कडा परिश्रम गरेकी छु किनकी  म मानिसहरूलाई मद्दत गर्न चाहन्छु," उनले भनिन् ।

-माइनिची सिन्बुन

सम्बन्धित सामग्री: