(Japan) 29 th January | 2020 | Wednesday | 5:11:46 AM || (Nepal) 1:56:46 AM
 
 

सन् २०१९ मा जापानमा सबैभन्दा रुचाइयो (令) रेई शब्द

Sajina Moktan   POSTED ON : Friday, 13 December, 2019 | Views : 582

सन् २०१९ मा जापानमा सबैभन्दा रुचाइयो (令) रेई शब्द


टोकियो, जापान ।

जापानमा सन् २०१९ मा सुन्दर र आकर्षक शब्द सबैभन्दा धेरै रुचाईएको र प्रयोग भएको खान्जी क्यारेक्टर पाईएको छ ।

खान्जीमा 令 रेई लेखिने यो शब्द रेईवा शब्दको सुरुको क्यारेक्टर समेत हो । रेईवा जापानको नयाँ युगको नाम हो ।

सम्राट नारुहितोले जापानको राजगद्दी सम्हालेसँगै जापानमा गत मे १ तारिख देखी नयाँ युग रेईवा सुरु भएको छ ।

'दि जापान खान्जी एप्टिट्युड टेस्टिगं फाउण्डेसन'ले जापानभर गरेको सर्वेक्षण अनुसार (令) रे खान्जी शब्दको प्रयोग र मनपराउनेको संख्या सन् २०१९ मा  अधिक पाईएको छ ।

सर्वेक्षणका क्रममा 令 खान्जीको लागी ३० हजार ४ सय २७ वटा ईमेल र पत्र मार्फत प्राप्त भएका थिए ।

समाचार संस्था क्योदोका अनुसार 令 खान्जीपछि दोस्रोमा रुचाईएको खान्जी (新) सिन हो । नयाँ भन्ने अर्थ जनाउने (新) सिन खान्जीको लागी १४ हजार ८ सय ५० भोट प्राप्त भएको थियो ।

यसैगरि तेस्रोमा (和) वा खान्जी क्यारेक्टर रहेको छ । शान्ति वा सद्भाव भन्ने अर्थ जनाउने  खान्जी क्यारेक्टर (和) वा ले कुल २ लाख १६ हजार ३ सय २५ मत मध्ये १० हजार २ सय ८१ मत पाएको थियो ।

和 वा क्यारेक्टर पनी जापानको नयाँ युग रेईवाको पछिल्लो खान्जी क्यारेक्टर हो ।