(Japan) 29 th January | 2020 | Wednesday | 5:12:40 AM || (Nepal) 1:57:40 AM
 
 

याहु जापान र लाईन कम्पनी गाभियो, १३ करोड प्रयोगकर्ता सहित विशाल कम्पनी

Jack Khadka   POSTED ON : Tuesday, 19 November, 2019 | Views : 464

याहु जापान र लाईन कम्पनी गाभियो, १३ करोड प्रयोगकर्ता सहित विशाल कम्पनी


टोकियो, जापान ।

जापानको लोकप्रिय अनलाईन याहु जापान र चर्चित मोबाईल एप लाईन कम्पनिबिच एकअर्कामा बिलयहुने सम्झौता भएको छ ।

लाईन र याहु जापानबिच सम्झौतापछि प्रतिद्धन्द्धी कम्पनीको रुपमा हेरिएको राकुटेनको तुलनामा नयाँ बन्ने कम्पनीको बढी ईन्टरेनट प्रयोगकर्तामा पहुँच हुने भएको छ ।

दुई कम्पनी एकहुने सम्झौतासँगै नयाँ बन्ने कम्पनी जापानमा ईन्टरनेट सम्वन्धी सबैभन्दा ठूलो कम्पनी समेत बनेको छ ।

नयाँ बन्ने कम्पनीलाई जेड होल्डिंग्स कम्पनीले नियन्त्रण गर्नेछ । जुन कम्पनीमा याहू जापान र लाईनको सञ्चालक सहायक मम्पनीहरुको उपस्थिति रहनेछ ।

दुई कम्पनीले कम्पनी गाभ्ने प्रक्रियालाई सन् २०२० को अक्टोबर सम्ममा पूर्णता दिने बताएका छन् ।

जेड होल्डिंग्सका वर्तमान कार्यकारी निर्देशक केन्तारो कावाबे, लाईन कम्पनीको ताकेशि ईदेजावासँगै सहकार्यकारीको रुपमा रहनेछन् ।

कम्पनीका अधिकारीहरुले जापानको विशाल दुई ईन्टरनेट कम्पनीहरुको एकतासँगै एक विश्वस्तरिय कम्पनीको रुपमा स्थापना हुन लागेको बताएका छन् ।

जापानमा ८ करोड २० लाख लाईन एप प्रयोगकर्ता रहेका छन् भने लगभग ५ करोड व्यक्तिले याहू जापान सर्च ईन्जिन तथा समाचार सेवा प्रयोग गर्नेगर्दछन् ।

दुई कम्पनीको एकतासँगै जापानमा सोशल नेटवर्किगं, ई बैंकिगं सहित वित्तिय सेवा सहित ईन्तरनेट सेवा प्रदान गर्ने सबैभन्दा विशाल कम्पनी बनेको छ ।

जसमा राकुटेन देखी पेपे, सेभेन पे जस्ता मोबाईल बैंकिगं देखी अन्य ईन्टरनेट सेवा प्रदायक कम्पनीहरु समेत प्रतिस्पर्धामा पछि पर्ने ठानिएको छ ।

Photo Source : mainichi.jp