(JAPAN) 16 th October | 2019 | Wednesday | 6:27:42 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:12:42 PM
 

जापानमा २० हजार बिदेशी बालबालिका विद्यालय शिक्षाबाट बञ्चित

  POSTED ON : Saturday, 28 September, 2019 | Views : 96

जापानमा २० हजार बिदेशी बालबालिका विद्यालय शिक्षाबाट बञ्चित


टोकियो, जापान ।

जापानको शिक्षा मन्त्रालयले जापानमा २० हजार बिदेशी बालबालिका विद्यालय शिक्षाबाट बञ्चित रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

सार्वजनिक तथ्यांक अनुसार विद्यालय शिक्षाबाट बञ्चित २० हजार बढी बालबालिका सबै बिदेशी रहेका छन् ।

मन्त्रालयले गत मे महिनामा ६ देखी १४ बर्ष उमेरका १ लाख २४ हजार ४९ विदेशी बालबालिकाहरुको पहिचान गरेर अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा २० हजार बढी बिदेशी बालबालिका प्राथमिक विद्यालय शिक्षाबाट बञ्चित रहेको पाईएको हो ।

जस मध्ये १ हजार बिदेशी बालबालिकाले कुनैपनि प्राथमिक, माध्यमिक वा विश्वविद्यालय तहको शिक्षा प्राप्त गरेका छैनन् ।

यसैगरि १८ हजार ६ सय ५४ बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित रहेको पाईएपनि कुन स्तरसम्मको अध्ययनपछि छुटेका हुन् भन्ने पुष्टि हुन नसकेको बताईएको छ ।

यस बारेमा जापानको सम्वन्धित नगरपालिका अधिकारीहरुले फोनबाट जानकारी लिने देखी घरमा पुगेर समेत उनिहरुबारे जानकारी लिने प्रयास गरेका थिए ।

तर अधिकाशंको विद्यालय अनुपस्थितिको कारण र अवस्थाबारे छोटो समयमा गरिएको खोजविनबाट विस्तृत विवरण प्राप्त हुन नसकेको जापानी अधिकारीहरुले बताएका छन् ।