JAPAN: 13 th December | 2019 | Friday | 8:30:56 PM || Nepal: 5:15:56 PM
 
 

कृष्ण भुषाललाई अध्यक्ष चयन गर्दै जापानका दुई नेपाली विद्यार्थी संगठनबिच एकता

  POSTED ON : Tuesday, 24 September, 2019 | Views : 190

कृष्ण भुषाललाई अध्यक्ष चयन गर्दै जापानका दुई नेपाली विद्यार्थी संगठनबिच एकता


इन्दिरा खनाल टोकियो, जापान ।

जापानमा सक्रिय दुईवटा नेपाली विद्यार्थी संगठनबिच एकता भएको छ ।

एकतापछि नेपाली विद्यार्थी समाज जापानको अध्यक्षमा कृष्ण भुषाल निर्विरोध चयन भएका छन् ।

आईतबार जापानको नागोयामा नेपाली विद्यार्थी समाज जापान र नेपाली जापान विद्यार्थी जापानको एकता अधिवेशनबाट भुषाल निर्विरोध चयन भएका हुन् । २०१७ मा विद्यार्थी भीषामा जापान प्रवेश गरेका भुसाल नवलपरासी जिल्लाका हुन् १ विद्यार्थी संगठनमा सानैदेखि सक्रिय भुसाल जापानमा २९ हजार विद्यार्थीको प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका हुन् ।

उनले आफनो कार्यकाल विद्यार्थीको हक हितमा खर्चिने प्रतिवद्धता व्यक्त गरे । भुषालले जापानमा विद्यार्थीका लागि छात्रावृत्ती प्रदान, आपतकालिन समस्या, दुर्घटना, मृत्यु भएका विद्यार्थीको सव निशुल्क नेपाल पठाउने व्यवस्था लगायतका काममा सिंगो टिम नै लागिपर्ने बताए ।

भुषालको नेत्तृत्वमा बरिष्ठ उपाध्यक्षमा प्रकाश भण्डारी क्षेत्री, उपाध्यक्ष शंकर भुषाल र बिपिन हुमागाई,  क्षेत्रिय उपाध्यक्ष दामोदर वस्ती, महासचिब अजय राना, सचिब सुमन केसी ,सह(सचिब सन्तोष पन्थी, कोषाध्यक्ष बिकाश अधिकारी,सह कोषाध्यक्ष पवन श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा रीतु थापा, केशब  सुबेदी, सागर भण्डारी क्षेत्री, सुनिल ज्ञावली, सुरेन्द्र गिरि, दिनेश महर्जन, रिन्कु कार्की, सुदिप  पाण्डे, राजन भट्टराई, दीपक अधिकारी, कृष्ण बखती, मुख्य संरक्षक (चेतन पौडेल र संरक्षक तेज प्रसाद गुरुङ) रहेका छन् । 


एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको एकता अधिवेशनमा बोल्दै पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालीका समस्या नै आफ्नो भएकोले सबै मिलेर समाधान खोजिने भन्दै लगनशिल र अनुसाशित भएर अध्ययनमा लाग्न विद्यार्थीलाई सुझाव समेत दिए । 


अधिवेशनमा एनआरएनए नागोया अध्यक्ष श्याम शितल एसिया प्यासिफिक पूर्व सह(संयोजक गोविन्द श्रेष्ठ, अधिवेशन संयोजक चेतन पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए । अधिवेशनको अवसरमा जापानका सक्रिय पत्रकार शान्त पहारी, विश्वास आचार्य र राम तामाङलाई सम्मान समेत गरेका थिए । 

उपस्थित दर्शकलाई पर्देशी गाएक सुर्य खड्का लगायतका स्थानीय कलाकारले मनोरन्जन दिएका थिए ।