(JAPAN) 16 th October | 2019 | Wednesday | 7:06:35 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:51:35 PM
 

एप्पलद्धारा एकसाथ आईफोन ११ को तीन भर्सन र एप्पल घडी सार्वजनिक-तीनवटा क्यामेरा देखी चार्जसम्म विशेषता

  POSTED ON : Wednesday, 11 September, 2019 | Views : 1093

एप्पलद्धारा एकसाथ आईफोन ११ को तीन भर्सन र एप्पल घडी सार्वजनिक-तीनवटा क्यामेरा देखी चार्जसम्म विशेषता


टोकियो, जापान ।

मोबाईल प्रयोगकर्ताको धेरै रोजाई र पर्खाई बनेको एप्पलले एकैपटक आईफोन ११ को नयाँ तीन भर्सन सहित एप्पल घडी सार्वजनिक गरेको छ ।

एप्पलले आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स मंगलबार सार्वजनिक गरेको छ ।

नयाँ आईफोन लन्चको अवसरमा अमेरिकाको क्यालिफोर्निया कुर्पेटिंग स्थित एप्पलको मुख्यालयमा एप्पलले नयाँ एप्पल घडी समेत सार्वजनिक गरेको छ ।

नयाँ सार्वजनिक भएको एप्पल आईफोन ११ को ६४ जीबी स्टोरेज भरियन्टको मूल्य जापानी बजारमा ६ सय ९९ डलरबाट सुरु हुने छ ।नेपालमा भने यसको मुल्य १ लाख ३ हजार ८४० रुपैयाँ पर्न जाने भएको छ ।

जापानमा आईफोन ११ का सबै भर्सनको विक्रि सेप्टेम्बर २० तारिखबाट मात्र विक्रि सुरु हुनेछ ।

आईफोन ११ ६४ जीबीका अतिरिक्त १२८ जीबी तथा २५६ जीबी भेरियन्टमा उपलव्ध हुने छ । आईफोन ११ छ रंगमा उपलव्ध हुनेछ ।


यस्ता छन् आईफोन ११ को विशेषता


आईफोन ११ मा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ । यसका अतिरिक्त फोनमा एप्पल ए–१३ बायोनिक प्रोसेसर हुनेछ ।

यसलाई कम्पनीले विश्वकै तीव्र सीपीयू तथा जीपीयू भएको दावी गरेको छ । यो फोनमा आईओएस–१३ उपलव्ध हुनेछ । यसमा डार्क मोड पनि हुनेछ ।


आईफोन–११ को क्यामेरा

फोनमा डुअल रियर क्यामेरा सेटअप हुनेछ । जसमा १ क्यामेरा १२ मेगापिक्सेलको वाइड एंगल हुनेछ । यसको एपर्चर एफ-१.८ रहेको छ ।

अर्को क्यामेरा पनि १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगलको रहेको छ । यसको एपर्चर एफ-२.४ रहेको छ । यसैगरी फ्रन्ट क्यामेरापनि १२ मेगापिक्सेलको हुनेछ ।

दुवै क्यामेराबाट ४ के तथा स्लो मोसनको भिडियो रेकर्ड गर्न सकिन्छ । फ्रन्ट क्यामेरामा वाइड एंगल पनि राखिएको छ । आईफोन एक्सआरको ब्याट्रि यसअघिका आईफोनको भन्दा एकघण्टा बढी हुने दावी गरिएको छ ।



आईफोन ११ प्रो तथा आईफोन ११ प्रो म्याक्सको विशेषता

आईफोन ११ प्रोमा ५.८ इन्चको डिस्प्ले राखिएको छ । यसैगरी आईफोन ११ प्रो म्याक्समा ६.५ इन्चको डिस्प्ले रहेको छ ।

यी दुवै फोनमा ट्रिपल रियर क्यामेरा सेटअप छ । जसमा एक क्यामेरा १२ मेगापिक्सेलको वाईड एंगल, अर्को क्यामेरा अल्ट्रा वाइड एंगल र तेस्रो क्यामेरा १२ मेगापिक्सेलको टेलिलेन्स 'टाढाको दृश्य कैद गर्ने' रहेको छ ।

फ्रन्ट क्यामेरा १२ मेगापिक्सेलको रुहेको छ । फोनसँगै १८ वाटको फास्ट चार्जर उपलव्ध हुनेछ ।

एप्पलले यसअघि डब्ल्यूडब्ल्यूडीसी २०१९ कार्यक्रममा आफ्ना नयाँ आईप्याड सार्वजनिक गरेको थियो ।