(Japan) 26 th February | 2020 | Wednesday | 4:55:35 PM || (Nepal) 1:40:35 PM
 
 

राजदूत राणाको उपस्थितिमा जापानमा १ सय १ नेपाली विद्यार्थीलाई छात्रबृत्ति वितरण

  POSTED ON : Wednesday, 28 August, 2019 | Views : 525

राजदूत राणाको उपस्थितिमा जापानमा १ सय १ नेपाली विद्यार्थीलाई छात्रबृत्ति वितरण


टोकियो, जापान ।

गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्ती आज एक बृहत कार्यक्रम बिच प्रसंसा पत्र हस्तान्तरण सहित अन्तरक्रिया कार्यक्रम महामहिम राजदुत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा बिधार्थीका बिच कार्यक्रम सम्पन्न भयो।

५ तारिख सार्वजनिक भएको नतिजा एक विशेष समारोहका विच, प्रसंसा पत्र प्रदान गरिएको हो । प्रति बिधार्थी प्रति महिना ३०,००० जापानी येन २ बर्ष सम्मको लागि हुने र यो योजना करिव ६ करोड जापानी येन बराबरको हुने छ।

विद्यार्थीको बढ्दो संख्यासंगै देखिएका विविध समस्या तथा चुनौतीहरु न्यूनिकरणमा अग्रसरता देखाउँदै छात्रावृत्ती कार्यक्रम संचालन गर्दैआएको महासचिव बुद्धि राज घिमिरेले बताउनु भयो । यस अघि पनि यस्तै प्रकृया बाट ३० जना बिधार्थीले छात्रबृत्ती सेवा पाईसकेका छन् भने आज १०१ जना बिधार्थीको लागि सिफारिस गरिएको छ ।

छात्रवृत्ती प्राप्त गर्न सफल सम्पुर्ण विद्यार्थीहरुलाई बधाई दिँदै, एक बिशेस अन्तरकृया कार्यक्रम सहित सोहि कार्यक्रममा छात्रवृत्तीको लागि छनौट बिँधार्थीलाई प्रसंसा पत्र हस्तान्तरण गरिएको अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनु भयो। महामहिम राजदुत प्रमुख आतिथ्यता रहनुभएको “बिधार्थी जीवन बिषयक अन्तरकृया तथा छात्रवृत्ती प्रसंसा पत्र हस्तान्तरण कार्यक्रम” संगै मोटिभेसन कार्यक्रम बिधार्थी हरु लाई बिकास लम्साल र बिरेन्द्र भाईलाले सहजिकरण  गर्नु भएको थियो ।

बिधार्थीको तर्फ बाट माया तमाङ,आशिष अधिकारी र अन्जीता गोम्वेले बिधार्थी जिवन र छात्रवृत्री सेवा बाट आफ्नो लगायत जनमानसमा एनआरएनए प्रतिको सोचाईनै परिवर्तन भएको वताए।परिचयात्मक कार्यक्रममा बिधार्थीले नेपालमा एनआरएनएको बारेमा भन्ने गरेको शव्द र यहॉ एनआरएनए जापानको काम फरक पाईएकोले गलत भ्रममा नपर्न सबैमा अनुरोध गर्दै एनआरएनए जापान ,IHNO र नेपाली दुतावास टोकियो प्रति कृतज्ञता ब्यक्त गरे।बिधार्थीको जापानको दैनिकी, शिक्षा र भविष्यको बारेमा जानकारी लिदै महामहिम राजदुत प्रतिभा राणाले कुनैपनि 

समस्या परेमा तपाईहरुको अभिवावक दुतावास आउन र कुनै पनि समय आफुलाई मेल गर्न जानकारी दिनु हुदै बिधार्थीको लगनशिलता प्रति धन्यवाद ब्यक्त गर्नु भयो। यो अभियानमा दुतावासको तर्फ बाट पनि सहयोग गरिएको ले बिधार्थीकै सकारात्मक पक्ष ले समाज परिवर्तन हुने बताउदै एनआरएनए जापान र Ihno लाई बिशेष धन्यवाद ब्यक्त गर्नु भयो।

अध्यक्ष लामाले महामहिम राजदूत मार्फत १०१ जना एनआरएनए जापानबाट छात्रवृतिको लागि सिफारिस गरिएका बिर्धार्थीको नामावली हस्तान्तरण गरिदै बिधार्थीलाई प्रसंसा पत्र हस्तान्तरण गर्नु भयो।छात्रवृत्तिको बारेमा बिधार्थीले पालना गर्नु पर्ने बिषय हरुको जानकारी कमल वास्तोलाले दिनुभएको थियो भने ,Ihno का प्रेसिडेन्ट कोमीयामा योशिहारु ले जापानमा बिधार्थीहरुको अवस्था र नेपाली बिधार्थी संगको समन्वय र सहयोगका बारेमा प्रकास पार्दै नेपाली र नेपाल आफुलाई प्यारो लाग्ने र NRNA जापान,  नेपाल  राजादुताबास ले राम्रो सहकार्य  गर्न सकेको खन्डमा भाबी  दिनमा थप  विद्यार्थीहरु लाई सहयोग गर्न सकिने बताउनु भयो।कार्यक्रम एनआरएनए जापानका अध्यक्ष टासि वाङदी लामाको अध्यक्षता संगै कार्यक्रमको सहजिकरण महासचिव बुद्धि राज घिमिरेले गर्नु भएको थियो।