(Japan) 19 th April | 2024 | Friday | 1:00:08 PM || (Nepal) 9:45:08 AM
 
 


टोकियोमा रेस्टुरेन्ट मापदण्ड पालना र बन्द समय चेकजाँच गर्न गस्ती सुरु

  POSTED ON : Wednesday, 14 April, 2021 | Views : 3022

टोकियोमा रेस्टुरेन्ट मापदण्ड पालना र बन्द समय चेकजाँच गर्न गस्ती सुरु


टोकियो, जापान ।

टोकियो महानगर सरकारका कर्मचारीहरुको एक समूहले राजधानीका रेष्टुराँहरुमा गस्ती गर्न थालेका छन् । अप्रिल १२ देखि कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लागू भएको अर्ध–आपतकालीन उपायहरुको पालना भएको छ कि छैन भनेर हेर्नका लागि सो गस्ती शुरु भएको हो ।

यस क्रममा करीब २० कर्मचारीहरुले शिन्जुकु वडामा रहेका १४० ओटा रेष्टुराँको भ्रमण गरेका थिए । भविष्यमा भने संक्रमण विरोधी उपायहरु पर्याप्त भए नभएको हेर्न गस्तीमा जाने कर्मचारीको संख्या बढाएर २०० मा पुर्याइने र टोकियोमा रहेका १ लाख २० हजार रेष्टुराँहरुको निगरानी गरिने बताइएको छ ।

रेष्टुराँमा संक्रमण फैलिन नदिन दुई/दुई कर्मचारी सहितको गस्ती समूहले पूर्व सूचना बिना नै बिहान १० बजेदेखि साँझ ६ बजेभित्र रेष्टुराँ र बारको निगरानी गर्न जानेछन् । यस क्रममा उनीहरुले मास्क लगाएको छ कि छैन, आर्कलिक प्यानल र भेन्टिलेशन उपकरणको जडान आदि लगायत २० कुरा हेर्नुको साथै उपायहरु अपर्याप्त भए सुझाव पनि दिनेछन् ।

अप्रिल १२ को मध्याहन्नमा कर्मचारीहरु गस्तीमा निस्कनु अघि टोकियोकी गभर्नर युरिको कोइकेले कर्मचारीहरुलाई शीघ्रता महसुस गरेर अगाडि बढ्न निर्देशन दिएकी थिइन् । गस्तीका क्रममा कर्मचारीहरुले रेष्टुराँ र बारमा राखिएको सिटहरु बीचको दूरीलगायत कुराहरु जाँचेका थिए ।

सम्बन्धित सामग्री: