Country | Confirmed | Today Cases | Death | Today Death | Recovered | Critical |
---|---|---|---|---|---|---|
No Record Found ! |
टोकियो, जापान ।
चरम कामदार अभाव व्यहोर्दै आएको जापानमा तत्कालका लागि कामदार अभावको समस्या टरेको छ ।
एक सर्वेक्षणका अनुसार जापानमा कोरोना भाइरसका कारणले साना तथा मझौला कम्पनीहरुमा कामदार अभावको समस्या समाधान भएको पाइएको छ ।
जापानको वाणिज्य र उद्योग संघले फेब्रुअरी देखि मार्चसम्म गरेको सर्वेक्षणमा साना तथा मझौला कम्पनीहरुमा ६० दशमलब ५ प्रतिशत कामदारको अभाव रहेको थियो भने जुलाई देखि अगस्ट महिनासम्म घटेर ३६ दशमलब ४ प्रतिशत कामदारको अभाव रहेको पाइएको छ ।
२०१५ बाट सुरु भएको सर्वेक्षणको अनुसार पहिलो पटक होटल र रेस्टुरेन्ट क्षेत्रमा जनशक्तिको माग घटेको हो ।
उद्योग अनुसार जापानका होटल तथा रेस्टुरेन्ट क्षेत्रमा कामदारको अभाव जुलाई देखि अगस्ट महिनासम्म ७० दशमलब ३ प्रतिशतबाट घटेर ३२ दशमलब ४ प्रतिशत, यातायात क्षेत्रमा ७१ दशमलब ५ प्रतिशतबाट घटेर ४१ दशमलब ४ प्रतिशत र फ्याक्ट्रीहरुमा ५१ दशमलब ६ प्रतिशतबाट घटेर २४ दशमलब ३ प्रतिशत पुगेको हो ।
नर्शिङ्ग क्षेत्रमा भने अरु क्षेत्रमा झै त्यति नघटेको पाइएको छ । यस क्षेत्रमा ७० दशमलब २ प्रतिशतबाट घटेर ६६ प्रतिशत पुगेको छ ।
जापानको बिभिन्न प्रिफेक्चरहरु मध्ये होक्काइदो प्रिफेक्चरमा सबै भन्दा धेरै कामदारको अभाव भएको पाइएको छ ।
होक्काइदो प्रिफेक्चरका ५३ दशमलब १ प्रतिशत कम्पनीहरुमा कामदारको अभाव भएको पाइएको छ ।
सर्वेक्षणमा ६ हजार ७ कम्पनीहरु सहभागी भएका थिए भने २ हजार ९ सय ३९ कम्पनीहरुले मात्रै सही उत्तर दिएको पाइएको छ ।