(Japan) 19 th April | 2024 | Friday | 3:36:43 AM || (Nepal) 12:21:43 AM
 
 


जापानद्धारा नयाँ 'दिगो लाभ' राहत घोषणा-२९ तारिखबाट आवेदन दिन पाइने

जापानद्धारा नयाँ 'दिगो लाभ' राहत घोषणा-२९ तारिखबाट आवेदन दिन पाइने


सजिना मोक्तान-टोकियो, जापान ।

जापानमा कोरोना भाइरसका कारण असर परेका विभिन्न क्षेत्र र व्यक्तिले दिगो लाभ सुविधा लिन यही जुन २९ तारिखबाट आवेदन दिन पाउने भएका छन् ।

जापान सरकारका अर्थ, व्यापार र उद्योग मन्त्रीका अनुसार सरकारले दिएको अनुदानले यसअघि नसमेटेका साना र मध्यम आकारका उद्यमहरूलाई भुक्तान गर्नका लागि दिगो लाभ योजना ल्याईएको हो ।

'तपाईं यसको लागि आवेदन दिन सक्नुहुन्छ यदि तपाईको व्यवसाय गत जनवरी महिना देखी मार्चको अन्त्यसम्ममा खोलेको (नयाँ सुरुवात गरेको) हो भने' मन्त्री काजियामाले भने-'कुनै पनि महिनाको बिक्री जनवरीदेखि मार्चसम्म औसतबाट ५० प्रतिशत घटेको छ भने तपाई सरकारी लाभ लिन योग्य हुनुहुनेछ ।'

नयाँ घोषणा अनुसार यस बाहेक एकल स्वामित्वका व्यापार व्यवसाय जसले आफ्नो आय र तलब निर्धारण गरि स्वरोजगारको रुपमा जीवनयापन गर्दै आएका थिए उनिहरुले पनि दिगो लाभका लागि आवेदन दिनसक्नेछन् ।

यसबारेको विस्तृत जानकारी मन्त्रालयको वेवसाईट तथा सिटि कार्यालयहरुबाट लिन सकिने एनएचके समाचार संस्थाले खवर प्रकाशित गरेको छ ।

सम्बन्धित सामग्री: