(Japan) 19 th April | 2024 | Friday | 7:21:14 AM || (Nepal) 4:06:14 AM
 
 


टोकियो र आसपासका अधिकाशं डिपार्टमेन्ट, सुपरमार्केट र रेष्टुरेण्ट बन्द-तपाई जाने ठाउँपनि बन्द हुनसक्छ है !

  POSTED ON : Saturday, 28 March, 2020 | Views : 7592

टोकियो र आसपासका अधिकाशं डिपार्टमेन्ट, सुपरमार्केट र रेष्टुरेण्ट बन्द-तपाई जाने ठाउँपनि बन्द हुनसक्छ है !


गोकर्ण अधिकारी-टोकियो, जापान ।

टोकियो महानगरले कोभिड-१९ को संक्रमण जोखिम बढेपछि बाहिरि यात्रामा ननिस्कन गरेको अनुरोधलाई स्विकार्दै राजधानी टोकियो र आसपासका सयौं व्यापारिक क्षेत्र बन्द गरिएका छन् ।

हाल मार्च २८ र २९ को लागि बन्द गरिएका यस्ता कम्पनीहरुले महानगरको निर्देशन र अवस्था हेरेर हाल आंशिक बन्द गरिएको व्यापारबारे थप निर्णय गर्ने बताएका छन् ।

यसरी बन्द गरिएका व्यापारिक क्षेत्रहरुमा डिपार्टमेन्ट स्टोर, सुपरमार्केट, चेन रेष्टुरेण्टहरु सहित भ्रमणस्थलहरु मुख्य रहेका छन् ।

यसरी बन्द गर्ने कम्पनीहरु मध्ये करिव ५० प्रतिशत दुईदिनको लागि पूर्ण रुपमा बन्द गरिएको पाईएको छ ।

बाँकी मध्ये केहीले जानकारी दिनको लागि मात्र सिमित स्थान खुल्ला, केहीको खुल्ने समय घटाईएको र केही कम्पनीहरुले आन्तरिक काम गर्नको लागि मात्र खुल्ला गरेका छन् ।


...

निहोन्बासीमा रहेको ताकिसिमाया स्टोरले योकोहामामा रहेको सहित आफ्नो स्टोर दुवैदिन पूर्ण रुपमा बन्द गरेको छ ।

यसको ओसाकामा रहेको स्टोरका एक कर्मचारीमा समेत कोरोना भाईरसको संक्रमण पाईएएको छ ।

दाईमारु टोकियो स्टोरले उएनोमा रहेको स्टोर सहित गिन्जा, आसाकुसा स्टोर अधिकाशं सेवा दुई दिन बन्द गरेको छ । उसले भवन भित्र सञ्चालित रेष्टुरेण्ट मात्र आशिंक खुल्ने जनाएको छ ।

टोक्यु डिपार्टमेन्ट चेन स्टोरले टोकियो सहित किचिजोटी, टामा प्लाजा स्टोर

सिन्जुकुमा रहेको ओदाक्यु डिपार्टमेन्ट स्टोर, केईओ डिपार्टमेन्ट स्टोर मार्च २८ र २९ बन्द गरिएको छ ।

ईकेबुकुरोमा रहेको तोबु डिपार्टमेन्द स्टोर समेत रेष्टुरेण्ट फ्लोर आशिंक बाहेक बन्द रहने भएको छ ।

गिन्जा सिक्सले पनि केही अत्यावश्क बाहेक सबै स्टोर दुवैदिन बन्द गरेको जनाएको छ ।

पार्को स्टोरले सिबुया, ईकिबुकुरो, टोकियो, उएनो लगायत सबै आफ्नो व्यापार दुवैदिन बन्द घोषणा गरेको छ ।

सिबुया १०९ फेसन विल्डिगंलेपनि सिबुया कु र टोकियोको आफ्नो व्यापार दुवैदिन नखुल्ने जनाएको छ ।

लुमिनि जेआरईस्टसँग आवद्ध सपिगं स्टोरले राजधानी टोकियोमा रहेको ईकेबुकुरो, युराक्चो, सिन्जुकु, ईस्ट सिन्जुकु, न्युमान सिन्जुकु, योकोहामा, माचिदा लगायत अधिकाशं स्थानको सेवा दुवैदिन स्थगित गरेर महानगरको अनुरोधमा साथ दिएको छ ।

यसैगरि मारुईले आफ्ना सबै टोकियोका स्टोर बन्द गरेको छ । 

ईसेतान मिचुकोसी होल्डिंग्सले सिन्जुकुमा रहेको मुख्य स्टोर सहित आफ्ना सबै व्यापार बन्द गर्दै कोरोना संक्रमण रोक्न गरिएको सरकारी अनुरोधमा साथ दिएका छन् ।

ताकासिमाया कोनादाई स्टोरले केही घण्टामात्र आफ्नो स्टोर खुल्ने बताउँदै ओमियाको स्टोर मात्र नियमित सञ्चालन हुने बताएको छ ।

सोगो सेईबु सुपरमार्केटस्ले पहिलेनै आफ्नो सेवा समयावधि घटाएकोमा टोकियो महानगरभित्र सञ्चालिन सबै सेवा सुचारु हुने भएपनि अनलाईन व्यापारलाई मात्र जारी राख्ने भएको छ ।

ईओन सुपरमार्केटले आफ्ना सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालन हुने बताएपनि टोकियो सपिगं मल सहित, खानागावा, साईतामामा रहेका १५ बढी स्टोरको रेष्टुरेण्ट बाहेकको सेवा बन्द गरेको जनाएको छ ।

सुमिट स्टोरले टोकियो, खानागावा, साईतामा र चित्रामा रहेका १ सय ७ स्टोरको खुल्ने अवधि घटनाउँदै राती १० ३० बजेपछि बन्द गर्ने जनाएको छ ।

लाईफ, ओजेकि, सेईजो ईसिईले खुल्ने अवधि घटाउँदै व्यापार अवधिलाई सिमित बनाएका छन् ।

सेईयु सुपरमार्केटले यथावत समयमा सञ्चालन हुने भन्दै आफ्नो सेवाबारे कुनैपनि बेला नयाँ निर्णय गर्नसक्ने भन्दै उपभोक्तालाई अनलाईन हेर्न अनुरोध गरेको छ ।

यसैगरि ईनागेया स्टोरले एक देखी ४ घण्टासम्म सेवा अवधि घटाएको छ ।

कन्भिनियन्स स्टोरहरु सेभेन ईलेभेन, फेमिलि मार्ट, लसनहरु यथावत समयमा चल्ने भएका छन् ।

यद्यपी केही व्यापारिक सेवा कटौति गर्दै प्रमुख कन्भिनियन्स स्टोरले अवस्था हेरेर खुल्ने अवधि घटाउने वा बन्द गर्ने निर्णय गर्नसक्ने केही अधिकार स्टोरहरुलाई दिएका छन् ।

कफि चेन स्टारबक्सले शनिवार र आईतबार दुवैदिन टोकियो, खानागावा र साईतामा रहेका सहित ५ सय बढी स्टोर बन्द गरेको छ ।

यसैगरि टुलीजले समेत टोकियोका २० आफ्ना स्टोर सहित केही स्टोरलाई घण्टा समय घटाएर खोल्न अनुमति दिएका छन् ।

रोयल रेष्टुरेण्ट फेमिलि रेष्टुरेण्टले टोकियो, खानागावा, साईतामामा रहेका आफ्ना पसल बन्द गरेका छन् भने टोकियो बाहिरका पसलमा व्यापार अवधिलाई १० बजेसम्म सिमित गरेको जनाएको छ ।

स्काईलार्क होल्डिगंस्ले ७ सय २६ स्टोरको खुल्ने अवधि घटाएको छ । जोनाथन एण्ड गुस्टले रातभर खुल्ने समय कटौति गरेको छ ।

फेमिलि रेष्टुरेण्ट साईजेरियाले आफ्नो सेवा यथावत रहने बताएपनि आवश्यकता अनुसार कुनैपनि निर्णय आउनसक्ने जनाएको छ ।

ओतोया, केन्चुकी फ्राईड चिकेन, ग्युडोन चेन, सुकियाले आफ्नो सेवा अवधि कटौती गरेको छ ।

केही स्थानमा राती १० बजेपछिको सेवा ९ बजे बिहानसम्म रोक्ने निर्णय गरेको छ ।

टोकियो र आसपासमा रहेका अधिकाशं कराओके पसलहरु बन्द गरिएका छन् ।

कराओके चेन कराओके मानिकेनेकोले टोकियो, खानागावा, चिबा, साईतामा क्षेत्रका १ सय ८० पसल मार्च ३० सम्मका लागि बन्दको सूचना जारी गरेका छन् ।

अन्य कराओके पसलहरुले व्यापारमा सामान्य अवस्थामा भन्दा ४० प्रतिशतसम्म गिरावट आएको जनाउँदै अवस्था हेरेर बन्द र खुल्ला गरिने बताएका छन् ।

कपडा शो रुम युनिक्लो ले गिन्जा स्टोर सहित टोकियो भित्रका सबै ४० ओटै स्टोर मार्च २८ र २९ को लागि बन्द गरेको छ ।

टोकियो, खानागावा र साईतामा क्षेत्रमा २ सय स्टोर रहेको युनिक्लोले अन्य स्थानको समेत बन्द हुने जनाएको छ ।

यसैगरि जियुले आफ्नो सेवा अवधि साँझ ६ बजेसम्म बनाएको छ । एईओनले सेवा अवधि यथावत रहेको जनाउँदै केही सेवा मात्र कटौति गरेको जनाएको छ ।

नोजिमा कम्पनीले टोकियो, खानागावा, साईतामा र चिबाका सबै १७ स्टोर बन्द गरेको छ ।

ईलेक्ट्रोनिक बजारको रुपमा परिचित बिककामेराले टोकियो, ईकेबुकुरो, सिन्जुक र ओदाईबा सहित खानागावा, कावासाकी र सागामिहाराको आफनो ८ स्टोर आज र भोली मार्च २८ र २९ बन्द गरेको छ ।

यस बाहेक विक कामेर र सफ्टमापले साँझ ७ बजेसम्म सेवा खुल्ला रहने बताउँदा ईडिओनले टोकियो, खानागावा र साईतामामा रहेको सबै स्टोर कोरोना भाईरसको संक्रमणको जोखिक कमगर्न टोकियो महानगरले गरेको अनुरोधमा साथ दिंदै सेवा बन्द गरेका छन् ।


अधिकाशं टोकियो र आसपासका पार्कहरु बन्द

तामा जुलोजिकल पार्क

योमिउरी पार्क

उएनो फरेस्ट म्युजिएम

सुजुमोतो फर्फर्मिगं आर्ट सेन्टर

आसाकुसा फर्फर्मिगं आर्ट हल

सिन्जुकु सुईहिरोतेई

ईकेबुकुरो फर्फर्मिगं आर्ट सेन्टर

हामारिक्यु गार्डेन

रिकुगिएन

सोवा मेमोरियल पार्क

सिबुया स्क्राम्बल स्क्वायर अब्जरभेटोरी


यसबाहेक ठूला मनोरञ्जन स्थलहरु जुन पहिला देखीनै बन्द रहेका छन्

टोकियो स्काई ट्रि

सान्रोई पुरोलाण्ड

टोक्यो डोम सिटि एट्ट्राक्सनस्

उएनो जु

टोक्यो नेशनल म्युजिएम

सिनागावा अक्वारिएम

सनसाईन अक्वारियम

सिन्जुकु ग्योएन

यस बाहेक योकोहामा हाक्केजिमा सि पाराडाईज समेत बन्द रहनेछ  ।

टोकियो डिज्निल्याण्ड र टोकियो डिज्नीसि यसअघि देखीनै बन्द अवस्थामा छन् ।

...

जेआर रेल कम्पनी सहित सववे र निजि रेल कम्पनीहरुले आफ्नो सेवा नियमीत गरिरहेका छन् ।

रेल सञ्चालन हुने समयको ग्याप बढाईएको भएपनि सेवा यथावत रहेको र टोकियो महानगरको अनुरोध आएमा आफुहरुले सेवा सञ्चालन गर्नेनगर्ने बारे निर्णय गर्ने कम्पनीहरुले बताएका छन् ।

यसैगरि बिमान कम्पनीहरुले आन्तरिक रुपमा सेवा नियमीत दिईराखेका छन् । उनिहरुले आफ्नो सेवा सञ्चालन बारे ताजा जानकारी सम्वन्धित कम्पनीको वेवसाईटबाट लिन सबै सेवाग्राहीमा अनुरोध गरेका छन् ।

...


जापानको राजधानी टोकियो र आसपामा हुनुहुन्छ भने यो महत्वपूर्ण जानकारी सेयर गरेर सबैलाई जानकारी लिन सघाउनुहोला है !

सम्बन्धित सामग्री: