(Japan) 26 th February | 2020 | Wednesday | 3:36:18 PM || (Nepal) 12:21:18 PM
 
 

जापानी बियर दक्षिण कोरिया निर्यात ९९ प्रतिशतले घट्यो

Jack Khadka   POSTED ON : Friday, 27 December, 2019 | Views : 268

जापानी बियर दक्षिण कोरिया निर्यात ९९ प्रतिशतले घट्यो


टोकियो, जापान ।

जापानी बियर दक्षिण कोरिया निर्यात नोभेम्बर महिनामा घटेर ९९ प्रतिशत पुगेको छ ।

अक्टोबर महिनामा दक्षिण कोरिया निर्यात शुन्य रहेको भएपनि नोभेम्बर महिनामा केही निर्यात भएर ९९.१ प्रतिशतमा झरेको जापानी समाचार संस्था जापानटाईम्सले सरकारी अधिकारीहरुलाइ उदृत गर्दै समाचार प्रकाशित गरेको छ ।

जापानको अर्थ मन्त्रालयका अनुसार सन् २०१९ को सुरुवाती महिनाको तुलनामा अगष्ट महिनाबाट ओरालो लागेर दक्षिण कोरियाको हकमा बियर निर्यात ठप्प जस्तै रहेको छ ।

नोभेम्बर महिनामा एक प्रतिशत जती मात्र बियर निर्यात भएपनि ६.९६ मिलियन डलर बराबरको बियर दक्षिण कोरिया निर्यात भएको छ ।

द्धितिय विश्वयुद्धमा बन्दि बनाईएका दक्षिण कोरियालीलाई जापानले क्षतिपुर्ती दिनुपर्ने त्यहाँको अदालतको फैसलापछि दुईदेशबिच विवाद बढ्दा दक्षिण कोरियालीहरुले लगातार जापानी सामान प्रयोग निषेध गर्दै आएका छन् ।

जापानको अर्थ मन्त्रालयले दक्षिण कोरियामा २० बर्ष यताकै कम बियर निर्यात भएको भन्दै जापानबाट निर्यात हुने रामेन लगायत नुडल्समा समेत ९७ प्रतिशत भन्दा धेरै गिरावट आएको जनाएको छ ।

दक्षिण कोरिया निर्यात हुँदै आएको बियरसँगै रक्सि जन्य सबै पदार्थ घटेर ९० प्रतिशत भन्दा कम भएको तथ्यांकले देखाएको छ ।

यसै सातामात्र जापानी प्रधानमन्त्री आबे शिन्जो र दक्षिण कोरियाली राष्ट्रपती मुन जेईन बिच चीनमा शिखर वार्ता भएसँगै दुईदेशबिचको विग्रंदो सम्वन्ध सुधारको अपेक्षा गरिएको छ ।

विवादकै क्रममा दक्षिण कोरिया निर्यात हुने महत्वपूर्ण धातुजन्य ईलेक्ट्रिक सामानमा रोक लगाएको जापानले त्यसलाई खुकुलो बनाउँदै लगेकाले दुई देशबिचको विवाद सुधारोन्मुख रहेको देखिएको छ ।